×

NMB BANK
NIC ASIA

आठौ संस्करणको विराट गोल्डकप आजदेखि: उद्‌घाटन खेलमा दुई पूर्वविजेता टोली भिड्दै

विराटनगर | चैत १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ । विराटनगरको शहीद रंगशालामा फ्लड लाइटको सहारामा रात्रिकालीन गोल्डकप सञ्चालन गरिने छ । प्रतियोगिताको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी)बीच हुनेछ । दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन् । 

Muktinath Bank

विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको छ  । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजकले सार्वजानिक गरेको खेल तालिकाअनुसार गोल्डकपमा घरेलु टोली सांग्रिला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम ड्रेगानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ । समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा विजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । 


Advertisment
Nabil box
Kumari

१८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभूवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाडौंबीच शुक्रबार हुने बिजेता टिमसँग बाई पाएर समूह बी बाट भारतको सिक्किम डे«गानले प्रतिस्पर्धा गर्नेछ । 

Vianet communication
Laxmi Bank

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । 

समूह ‘बी’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसी रहेका छन् । 

चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । 

गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशि झण्डै आधा घटाएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजतालाई नगद २० लाख १५ हजार  र  उपबिजेतालाई १० लाख  १५ हजार रुपैयाँ थियो । 

यो वर्ष विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्षको गोल्डकपमा  आयोजकलाई ८७ लाख १ हजार ४८  रुपैयाँ घाटा भएको थियो । 

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 
यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ । 

साझको ६ बजे  बजेदेखि सुरू हुने गोल्डकपको २००, ३०० र ५०० रूपैयाँ टिकट दर तोकिएको छ । 
प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गत वर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।   

गत वर्ष सातौं संस्करणको आयोजक समिति संयोजक विराटनगर महानगरका मेयर नागेश कोइराला थिए । त्यसअघि उद्योगी व्यवसायी राजेन्द्र राउत, नवीन रिजाल र मनोजविक्रम शाहाले प्रतियोगिता आयोजना गर्दा नाफाको रकम ट्रस्टलाई दिएका थिए । 

उनीहरूले बुझाएको रकममध्ये ट्रस्टको खातामा अझै १३ लाख ५ हजार मौज्दात छ । यसवर्ष उद्योगी, व्यवसायी र महानगर प्रतियोगिता आयोजक संयोजक बन्न नमानेपछि ट्रस्ट आफैंले गोल्डकप गर्न लागेको हो । 

ट्रस्ट स्रोतका अनुसार फुटबलसँग चासो राख्ने यहाँका हरेक उद्योगी, व्यवसायीसमक्ष प्रतियोगिता आयोजकको संयोजक बन्न ट्रस्टका पदाधिकारीले हारगुहार गरे । कोही पनि संयोजक बन्न तयार नभएपछि ट्रस्ट पुरस्कार राशि घटाएर भए पनि प्रतियोगिताको आयोजना गर्न अगाडि सरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x