×

NIC ASIA

बहुमत प्राप्तिको आधार अनिश्चित

केन्द्रको गठबन्धन हल्लाउँदै सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

काठमाडाैं | बैशाख २१, २०८१

Prabhu Bank
NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकार गठनका बेला केन्द्रीय सत्ता गठबन्धनमा शुरू भएको अविश्वास मुख्यमन्त्रीले विश्वासको मत लिने बेला झन् गहिरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनको लागि आज (शुक्रवार) साँझ प्रदेश सभाको बैठक राखिएको छ ।

Muktinath Bank

तर, मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिने/नदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । यसकारण कारण प्रदेश सभाको बैठक बस्ने/नबस्ने समेत अन्योल छ । नेकपा (एकीकृत समाजवादी)का नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन भन्दै ह्वीप जारी गरेको छ । रेशम पक्षका ५ सांसदले मत नदिए पनि सोडारीको पक्षमा बहुमत पुग्छ । तर, अहिलेसम्म एमालेसमेत अनिर्णित छ । 


Advertisment
Nabil box
Kumari

एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति पनि सहज ढंगले भएको थिएन । 

Vianet communication

गठनदेखि नै गडबढी
केन्द्रमा भएको सहमतिअनुसार पहिलो कार्यकालको मुख्यमन्त्री नपाएपछि एकीकृत समाजवादीले कांग्रेस समर्थित नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी) पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । हालका मुख्यमन्त्री सोडारीले नै संसदीय दलको निर्णय भन्दै चौधरीको पक्षमा हस्ताक्षर गरेका थिए । 

केन्द्रको गठबन्धनविपरीत सुदूरपश्चिममा कांग्रेससँग गठबन्धन गर्न खोजेको भन्दै नेकपा एसका अध्यक्ष माधव नेपालको आलोचना भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसको निर्णय दक्षिणपन्थी र अराजक भएको टिप्पणी संसदीय दलको बैठकमा गरेका थिए । 

सुदूरपश्चिम सरकारका कारण केन्द्रको गठबन्धन अप्ठ्यारोमा पर्नै भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्तिलाई दोस्रो कार्यकालको मुख्यमन्त्री लिन सहमत गराएर एसलाई मुख्यमन्त्री दिलाएका थिए । ‘नगद’मै मुख्यमन्त्री पाउने सहमतिपछि सोडारीले लक्ष्मणकिशोर चौधरीको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेका थिए । 

माओवादी र एमालेले पनि उन्मुक्तिको रञ्जिता पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन गरेको प्रस्ताव फिर्ता लिए । त्यसपछि प्रदेश प्रमुख नजीर मियाँले सोडारीलाई वैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । 

माधवको गतिविधिले झस्कियो एमाले
एमाले–माओवादी–रास्वपासहित आफूसमेत रहेको केन्द्रको सत्ता गठबन्धन भत्काउन नेपाल सक्रिय रहेको भन्दै एमालेले सुदूरमा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आनाकानी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहीवार भएको छलफलपछि सुदुरपश्चिम इन्चार्जले आज विश्वासको मत दिन निर्देशन दिएका थिए । तर, एमाले आश्वस्त हुन सकेको छैन । 

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम केही दिन सार्न माग गरेको छ । एमाले सुदूरपश्चिम संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा ९थापा०ले आन्तरिक छलफल गर्नुपर्ने भएकोले एक/दुई दिन सार्न आफूहरूले माग गरेको बताइन् । यसअघि सरकारलाई समर्थन गर्दाबाहक अरु थप  कुनै निर्णय एमालेले नगरेको उनले बताइन् । 'अलिकति तयारी पूरा नभएको हुनाले विश्वासको मत लिने कार्यक्रम आजलाई सारौं भन्ने हाम्रो कुरो हो,' लोकान्तरसँग उनले भनिन्, 'विश्वासको मत लिन समय छ । हतार नगरौं भनेका हौं । एमालेले सरकार बनाउँदा समर्थन गरेको हो । सरकारमा नजाने भनेर हामीले शुरूमै भनेका थियौं । त्यही निर्णय कायम छ । नयाँ केही भएको छैन ।’

यता माओवादी केन्द्रले भने एमालेकै कारण अलमल भएको जनाएको छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले एमालेले अल्झाइरहेको बताए । 'हिजोसम्म सबै सहमतिमै विश्वासको मत लिने कुरा भएको हो,' धामीले भने, 'तर आज आएर उहाँहरूले सारौं भनिरहनुभएको छ ।' सरकार बनाउँदा समर्थन गरेकोले अहिले आएर अल्झाउन नहुने उनले बताए ।

मुख्यमन्त्री सोडारीले भने साँझसम्म सहमति हुने अपेक्षा गरेका छन् । नभए विश्वासको मत लिने कार्यक्रम सार्न सकिने विकल्पसमेत रहेको उनको सचिवालयका एक सदस्यले बताए । 'सत्ता साझेदार दलहरूबीचको सहमतिमै विश्वासको मत लिने कार्यक्रम राखिएको हो,' सचिवालयका ती सदस्यले भने,' अहिले केही अलमलजस्तो देखिएको छ । साँझसम्म सहमति हुने विश्वास छ । नभए विश्वासको मत आजै लिनुपर्ने बाध्यता छैन । समय छ । अर्को दिनलाई सार्न सकिन्छ ।'

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ , माओवादी केन्द्रका (सभामुखसमेत) ११ सदस्य छन् । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x