×

NMB BANK
NIC ASIA

धनगढीलार्इ प्रदेश राजधानी बनाइएपछि दीपायलमा उग्र आन्दोलन, प्रधानमन्त्री देउवाको ‘शवयात्रा’

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ४ माघ– प्रदेश नं. ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकिएको विरोधमा डोटीको दीपायलमा जारी आन्दोलन उग्र बन्दै गएको छ ।

Muktinath Bank

सरकारले बुधवार प्रदेशको अस्थायी मुकाम तोकेसँगै आन्दोलनको विभिन्न कार्यक्रम गरेका आन्दोलनकारीहरुले आज विहिवार आन्दोलनलाई थप उत्तेजक बनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुले प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, देउवा पत्नी डा. आरजु देउवा लगायत नेताहरुको पुत्ला दहन समेत गरेका छन् ।


Advertisment
Nabil box
Kumari

विहानैदेखि दीपायल र सिलगढी ठप्प पारेका आन्दोलनकारीले यातायातका कुनै पनि साधान चल्न दिएका छैनन् । सरकारी कार्यालय, उद्योगधन्दा, कलकारखाना बन्द छन् । आक्रोशित आन्दोलनकारीले दीपायलमा रहेको ट्राफिक प्रहरी चेकपोष्टमा आगो लगाएका छन् ।

Vianet communication
Laxmi Bank

आन्दोलन संयोजक समितिका संयोजक नरेन्द्र खड्काले प्रदेश राजधानी तोक्ने सरकारी निर्णय नसच्याइएसम्म आन्दोलन नरोकिने बताएका छन् । आन्दोलनमा स्थानीय राजनीतिक दलका नेताहरुको समेत ऐक्यवद्धता रहेको छ ।

यसैबीच राजधानी धनगढीमा तोकिएपछि नेपाली कांग्रेस डोटीका ३५ जना नेता कार्यकर्ताहरुले पार्टी छाडेको घोषणा गरेका छन् । यसरी घोषणा गर्नेमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिका पदाअधिकारीहरु रहेका छन् । 

नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले प्रदेश नं ७ को राजधानी धनगढी तोकेर डोटीको इतिहास मेटाउने काम भएको बताएका छन् । उनले बिज्ञप्ती मार्फत निणर्य सच्याउन सरकारसँग माग गरेका छन् । 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले बैठक स्थलमात्रै तोकिएकाले आन्दोलन नगर्न आन्दोलनकारीहरुसँग आग्रह गरेका छन् । उनले राजधानी तोक्ने काम प्रदेशसभाले गर्ने भएकाले धैर्य गर्न पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।

दीपायलमा यातायात अबरुद्ध भएपछि कैलालीबाट अछाम र बाजुराका लागि चल्ने सवारीसाधनहरु सुर्खेतको बाटो भएर अछाम जान थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x