×

NMB BANK
NIC ASIA

जनकपुरधाम – २ नम्बर प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ लागू गरेका छन् । प्रदेशलाई सफा, स्वच्छ बनाउने तथा सरसफाइमा विशेष ध्यान पुर्याई प्रदेशलाई सुन्दर बनाउने अभियानको मुख्य उद्देश्य हो ।

Muktinath Bank

तर, प्रदेशसभा परिसरमा पानपराग, रजनीगन्धा, गुट्खा खाने र जताततै थुक्ने गरिएको दृश्य देखिएपछि सांसदले सदनमा त्यस विषयमा प्रश्न उठाएका छन् । प्रदेशसभा बैठकमा पानपराग, रजनीगन्धा, गुट्खा तथा सुर्तिजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध लागेको भएपनि जताततै प्रयोग भइरहँदा सांसदले आपत्ति जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपा एमालेकी सांसद मञ्जुकुमारी यादवले सदनमा सभामुख सरोजकुमार यादवको ध्यानाकर्षण गर्दै भनिन्, ‘हामीले प्रदेशसभा नियमावलीमा आफैले उल्लेख गरेका छौं कि गुट्खा, पानपराग, रजनीगन्धा, सुर्तिजन्य पदार्थ खाएर आउन पाइने छैन ।’ तर, सभामुख सरोजकुमार यादवकै शौचालयमा पानपराग, गुट्खा लगायतको थुक फ्यालिएको देखिने गरेको उनले बताइन् ।


Advertisment
Nabil box
Kumari

‘प्रदेशसभा परिसरमा बगैंचामा जताततै पान, पानपराग, गुट्खाको पुरिया, थुक फालिएको हुन्छ, त्यस्ता काम गर्ने माननीय सांसद ज्यूलाई कारबाही गर्नुपर्यो नि ! उनले सभामुख यादवको ध्यानाकर्षण गराइन् । २ नम्बर प्रदेशमा पान, पानपराग, गुट्खा, रजनीगन्धा जस्ता वस्तु प्रयोग गर्नेको संख्या धेरै छ । 

Vianet communication
Laxmi Bank

प्रायःजसो सरकारी कार्यालयमा पान, गुट्खाको प्रयोग गर्न र थुक्न मनाही छ । त्यसरी थुके जरिवाना समेत हुने भनेर सूचना टाँस गरेको पाइन्छ । तर, थुक्ने नछाडेपछि सरकारी कार्यालयमा भगवानको तस्वीर टाँस्ने समेत गरिन्छ । कार्यालयका भवनमा चढ्ने भर्याङमा विभिन्न देवीदेवताको फोटोसहित तस्वीर टाँस्ने गरिएको छ ।

सांसद यादवले शुक्रवार प्रदेशसभा बैठकमा नियमावलीमा उल्लेख भएको आचरण पालना नभएको भन्दै सभामुख यादवको ध्यानाकर्षण गराएकी थिइन् । ‘जब अन्य माननीय सांसद ज्यू आफ्नो कुरा राख्नुहुन्छ, म धैर्यतापूर्वक सुन्ने गर्छु । तर, अन्य माननीय ज्यूहरू कानेखुसी गरिरहनुहुन्छ,’ उनले भनिन्, ‘यसरी सदनमा माननीय ज्यूले आफ्ना कुरा राखिरहँदा अन्य माननीय ज्यूले कानेखुशी गर्न त पाइन्न नि !’

सांसदले पालना गर्नुपर्ने आचरण

प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को परिच्छेद २४ मा प्रदेशसभा सदस्यले पालना गर्नुपर्ने आचारसंहिता र अनुगमन सम्बन्धी व्यवस्था गरिएको छ । नियम नम्बर १९३ मा व्यवस्था भएको पालना गर्नुपर्ने आचारसंहिता अनुसार प्रदेशसभा पदाधिकारी तथा सदस्यले संविधान बमोजिमको उत्तरदायित्व पूरा गर्न तथा निजको काम कारबाहीमा सार्वजनिक विश्वास कायम गर्न आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ ।

सभाको लक्ष्य पूर्ति गर्ने उद्देश्यका लागि नियमावलीको पूर्णपालना गर्ने, समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार सदैव गर्ने, सभाको बैठक वा आफू सदस्य भएको समितिमा उपस्थित भई यसका काम कारवाहीमा नियमित रूपमा भाग लिने तथा आफ्नो मताधिकारको प्रयोग गर्ने उल्लेख छ ।

आफ्नो कर्तव्य निःस्वार्थ रूपमा इमान्दारीपूर्वक तथा वस्तुनिष्ठ भई उत्तरदायीपूर्ण रूपमा पालना गर्ने, बैठकसँग सम्बन्धित हरेक काम कारबाहीमा सदस्यहरूले सार्वजनिक उद्देश्यलाई महत्त्व दिने तथा निजी स्वार्थ र सार्वजनिक स्वार्थबीच द्वन्द्व हुने स्थिति भएमा स्पष्ट रूपमा सार्वजनिक स्वार्थका लागि उभिने उल्लेख छ ।

विभिन्न कुराहरू नियमावलीमा उल्लेख भएका आचारसंहिता पदाधिकारी र सदस्यहरूको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने भनिएको छ । यदि कसैले नियम १९३ अनुसारको आचारसंहिताको कुनै प्रावधान उल्लंघन गरेको विश्वास गर्ने कारण भएमा सचिव समक्ष लिखित उजुरी समेत गर्न सक्ने व्यवस्था बनाइएको छ ।

आचरण अनुगमनका लागि सभामुखको सभापतित्वमा विभिन्न सदस्य रहने गरी आचरण अनुगमन समिति समेत गठन गरिने उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x