×

NMB BANK
NIC ASIA

आधुनिक भ्यालेन्टाइन : फेसबूकले जोड्यो तार, मिलेर तोडे हिन्दू-मुस्लिम बार

फागुन २, २०७५

NTC
Premier Steels

काठमाडौं - आइशा र आदित्यको भेट फेसबुकमा भयो । आइशाको नाम पनि वास्तविक थिएन । तरपनि माहोल यस्तो बनिदियो कि उनीहरुको कुराकानी दुई वर्षसम्म थामिएन । बेंगलुरुमा बस्ने आइशा र दिल्लीका आदित्य एक-अर्काको अनुहार नदेख्दै नजिकिए ।

Muktinath Bank

आइशाले एकपटक झुक्किएर आँखाको तस्बिर पठाइन् । बेंगलुरुको एक कलेजमा अध्ययनरत आदित्यको सामाजिक सञ्जालकी इरम खान अर्थात् वास्तविक जीवनकी आइशासँग फेसबूकमा भेट भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आदित्य भन्छन्, 'हाम्रो भेट भएको थिएन । तर शुरूमै थाहा थियो कि उनी मुसलमान हो र म हिन्दू । धर्म हाम्रो लागि कुनै मुद्दा रहेन । तर हाम्रो परिवारले यसलाई स्वीकार्दैनथ्यो ।'


Advertisment
Nabil box
Kumari

उनले स्पष्ट पारे कि धर्म परिवर्तन बिना विवाह सम्भव छैन । दुवैले आफ्नो पहिचान गुमाउन चाहँदैनथे ।

Vianet communication

त्यसपछि आइशा घर छाड्ने निर्णयमा पुगिन् । 

परिवारले रोक्न भरपुर कोशिश गर्‍यो । तर उनी आदित्यसँगै दिल्ली हानिइन् । र, आइशा-आदित्य 'लिभ-इन रिलेशनशिप'मा बस्न थाले । आइशा भन्छिन्, 'पहिलो पाँच महिना हामी एक बन्द कोठामा बन्द भयौं । आउन जान डर लाग्थ्यो । हामी अलग-अलग पहिचानबाट भएका कारण कसैले हामीलाई मार्न सक्छ भन्ने सोच्थेँ ।' त्यसताका दिल्लीमा एक मुस्लिम युवतीसँग प्रेम सम्बन्ध राखेका कारण २३ वर्षीय अंकित सक्सेनाको हत्या भएको थियो । त्यसैले आइशा डराएकी थिइन् ।

दिल्लीमा सहज रुपमा बाँच्न आइशा- आदित्यलाई दुई चिजको खाँचो थियो । एक- काम र अर्को विवाह गरेर कानूनीरुपमा सुरक्षित रहने प्रक्रिया ।

आइशा र आदित्य एक थिए तरपनि उनीहरुले एक्लो महसूस गरे । इन्टरनेटबाट जोडिएका उनीहरुको जीवनलाई इन्टरनेटले पुन: मोडिदियो । माध्यम भए, कुलश्रेष्ठ र आसिफ इकबाल । उनीहरु पनि दुई धर्मबाट जोडिएका थिए ।

सन् २००० मा उनीहरुले 'स्पेशल म्यारिज एक्ट'को माध्यमबाट विवाह गरे र अहिले 'धनक' नामको संस्था चलाइरहेका छन् ।

यस संस्थाले आदित्य र आइशा जस्ता जोडीको लागि परामर्श दिने गरेका छन् ।

उक्त ऐनले भिन्दाभिन्दै धर्मका जोडीलाई धर्म परिवर्तन बिनै विवाह गर्ने प्रबन्ध गरेको छ । तर यो ऐन भारत प्रशासित कश्मीरमा भने लागू हुँदैन । आइशा र आदित्यले परामर्शदातासँग पटकपटक भेटे । अन्य जोडीहरुलाई पनि भेटे । अचानक एक नयाँ परिवारसँग उनीहरुको भेट भयो । अब उनीहरु संसारमै एक्लो रहेनन् किनकी हरेक जोडीका कथा सुनिरहेका थिए । बिस्तारै आइशाले जागिर पाइन् ।

आइशा भन्छिन्, 'शुरूमा लागेको थियो कि हामी सँगै त भयौं तर कतै एक दुई वर्षमै कसैले मार्ने त होइन । रानू र आसिफलाई भेटेपछि त्यस्तो डर लागेन ।'

उता रानू भने युवायुवतीमा आत्मविश्वास जरुरी ठान्छिन् किनकी आमाबाको इच्छाविपरीत उनीहरु गएका थिए । जसले परिवारमा निराशा र पीडा पैदा गर्न सक्छ । त्यसकारण उनले परिवारसँग कुराकानीको बाटो खुला गर्न सुझाइन् । यसले परिवारले आफ्ना बच्चा एकसाथ कति खुशी छन् भन्ने देख्न पाउँछन् ।  

यसबाट अलग धर्मका युवायुवतीको सम्बन्धविरुद्ध सामाजिक र राजनीतिक तत्वलाई चुनौति दिन मदत गर्छ ।

रानू भन्छिन्, 'यो एक डरको माहोल हो । तर परिवार कुनै कट्टर संगठनबाट टाढिने र आफ्नो छोराछोरीमाथि विश्वास राख्ने हो भने बाहिरी तत्वले कुनै अर्थ राख्दैन ।'

उता आदित्यले पनि पिताले आइशालाई धर्म परिवर्तन बिना बुहारी स्वीकार्छन् भन्ने आशा राखिरहे । भारतीय परिवार छोराप्रति अलि बढी उदार देखिन्छ । समाजमा इज्जतको बोझ प्राय: युवतीलाई थोपरिन्छ ।

यसबारे रानूको धारणा छ- छोरा उत्तराधिकारी हुन्छन् । वंश चलाउँछन् । यसकारण उनीहरुसँग सम्बन्ध बनाइराख्न परिवार सकारात्मक हुन्छ ।

आदित्य पनि सम्बन्ध र सपनालाई सन्तुलनमा राखेर अघि बढ्न चाहन्थे ।

उनीहरु 'स्पेशल म्यारिज एक्ट'अनुसार विवाह गर्न चाहन्छन् र आफ्नो गृहस्थी आफैं चलाउन चाहन्छन् ।

अहिले यी दुवै २१ वर्षका भए । एकअर्कामा पूरा भरोशा छ । विश्वास छ । आइशा आदित्यलाई हिरो मान्छिन् र उसलाई हौसला दिन्छिन् ।

आदित्यका अनुसार पहिलो लडाईँ आफैंसँग थियो । आफ्नो सम्बन्ध यकीन गर्ने, त्यो जितिसके ।

अब दोस्रो लडाईँ परिवार र समाजसँगको हो । त्यो जितेरै छाड्ने उनीहरुको अठोट छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x