×

NMB BANK
NIC ASIA

जहाँ ज्ञानेन्द्र, त्यहाँ चौठी !

सिमरादेखि धरानसम्म पुगेर भेट, जन्मदिन मनाउँदा माओवादीको कालोमोसो

फागुन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम –धनुषाको सबैला नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय चौठी यादव अहिले जनकपुरधामको घर–घरमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहको जनकपुर भ्रमणको प्रचार–प्रसार गर्न व्यस्त छन् । ज्ञानेन्द्र शाह धार्मिक भ्रमणको सन्दर्भ पारेर आज (बुधवार) ४ बजे जनकपुरधाम आउने कार्यक्रम छ ।

Muktinath Bank

ज्ञानेन्द्रको स्वागतमा खटिएका चौठीको हुलिया पनि दर्शनीय छ । छातीमा पूर्व राजदम्पतीको तस्वीर अंकित ब्याच लगाएका छन् भने ज्ञानेन्द्रको तस्वीर, केही सन्देश र राजभक्त त्यागी चौठी यादव परिचय अंकित प्लेकार्ड बोकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म जनकपुरमा पसलदेखि घर–घरमा पुगेर पूर्व राजाको जनकपुर भ्रमणबारे बताइरहेको छु,’ यादवले लोकान्तरसँग भने, ‘मलाई उहाँका स्वकीय सचिव सागर तिमिल्सिनाले फोन गरेर भ्रमणबारे जानकारी गराउनुभएको छ ।’


Advertisment
Nabil box
Kumari

आफू पहिलेदेखि नै राजसंस्थाको अनुयायी भएको उनले बताए । माओवादी जनयुद्धका समयमा राजाको जन्मदिन मनाएकै निहुँमा तत्कालीन माओवादीले आफूलाई कालो मोसो दलेको स्मरण समेत उनी गर्छन् ।

Vianet communication
Laxmi Bank

उनले पूर्व राजाको जन्मदिन मनाउन अझै छाडेका छैनन् । ‘उहाँको तस्वीर राखेर जन्म दिवस मनाउने गरेको छु । मिठाइ ल्याएर समाजका मानिसलाई बाँड्ने पनि गर्छु,’ उनले भने ।

उनले ज्ञानेन्द्रलाई ११ पटक भेटिसकेका छन् ।

पूर्वराजा सिमरादेखि धरानसम्म आउँदा पनि पुग्ने गरेका उनले भने, ‘भेटमा चौठी यादव धैर्य धारण गर्नुस् भनेर राजाले भन्नुहुन्छ,’ यादवले भने, ‘हामीले क्रान्ति गर्ने होइन, जनताको मन जित्ने हो ।’

ज्ञानेन्द्रले सबैलाई धैर्य धारण गर्नका लागि आग्रह गर्ने गरेको उनले बताए ।

‘जनतासँग भेटवार्ता हुँदा जनताले सुरक्षा नभएको, शान्ति नभएको, विकास नभएको, भ्रष्टाचार बढेको भन्दै उहाँसँग गुनासो राख्ने गर्छन्,’ यादवले भने, ‘अनि राजाले जनतालाई धैर्य राख्न भन्नुहुन्छ ।’

पूर्वराजाको जनकपुर भ्रमण फागुन २२ गतेका लागि नै तय भएको थियो । तर पूर्व बडा महारानी रत्न शाहको स्वास्थ्य स्थिति बिग्रिएपछि भ्रमण सारिएको ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिनाले जानकारी दिए ।

ज्ञानेन्द्र विमानबाट अपराह्न ४ बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । राजसंस्था विघटन भएको लामो समयपछि पहिलोपटक जनकपुरधाम आउँदा उनले नागरिक अभिनन्दन सभालाई सम्बोधन गरेका थिए । 

उनी भोलि सर्लाहीको मलंगवा जाने कार्यक्रम रहेको छ । मलंगवामा प्रसिद्ध दुर्गा मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम तय भएको छ । चैत्र १ गते जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

चैत्र २ गते उदयपुरको गाईघाटमा राधाकृष्ण मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम रहेको छ । चैत्र ३ गते सप्तरीको सखडा भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

धार्मिक भ्रमणमा आउन लागेका ज्ञानेन्द्रले जनकपुरधामस्थित सीताशरण होटलमा महत्त्वपूर्ण भेटघाट समेत गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x