×

NMB BANK
NIC ASIA

काठमाडौं - स्वतन्त्र मधेशको नाममा पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले विखण्डनकारी एजेण्डा छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउने निर्णय गरेपछि मधेशकेन्द्रित संसदीय राजनीति गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच एकताको प्रक्रियाले नयाँ मोड लिएको छ । 

Muktinath Bank

एक साताअघि राजधानीको एक होटलमा गोप्य बैठक बसेर राजपाले फोरमसँग एकता गर्न प्रक्रिया अगाडि बढाउने निर्णय लिएको हो । फोरमसँग वार्ता गर्नका लागि राजपाले मंगलवार राजेन्द्र महतोको संयोजकत्वमा वृशेषचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा सदस्य रहेको एक वार्ता समिति गठन गर्‍यो । एकताका लागि फोरमले मंसिरमै पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको थियो । फोरमको वार्ता समितिले पार्टी एकताको आह्वान गर्दै राजपालाई पत्र पठाएको लामो समय भइसक्दा पनि राजपासँग औपचारिक वार्ता हुन सकेको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो फोरमको एकतासम्बन्धी प्रस्तावको पहिलो रेस्पोन्स भएको राजपाका नेताहरू बताउँछन् । 'फोरमले औपचारिक रूपमा चिट्ठी नै पठाएर हामीलाई एकताका लागि अनुरोध गरेको हुँदा छलफल गरौं न त भनेर हामीले वार्ता समिति गठन गरेका हौं,' राजपाको वार्ता समितिका सदस्य वृशेषचन्द्रलाल भन्छन्, 'एकताको प्रक्रिया अहिलेसम्म एकदम प्रारम्भिक अवस्थामा छ । वार्ता समितिमा मलाई राखिएको छ भनेर हिजै जानकारी पाएको हो मैले ।' 


Advertisment
Nabil box
Kumari

एकता कुन मोडालिटीमा गर्ने भन्ने विषयमा राजपाले हालसम्म तय गरिनसकेको वृशेषचन्द्रलाल बताउँछन् । 'पार्टीले रेस्पोन्स गरेको मात्र हो, दुवै टोली बसिसकेपछि मात्र एकताको मोडालिटी तय गर्नेछ,' उनले भने, 'तर राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था र फोरम सरकारमै सहभागी भएको अवस्थाले वार्तालाई केही फरक पार्न सक्छ ।' 

Vianet communication
Laxmi Bank

राजपाले संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएको छ । फोरमसँग एकता गर्नका लागि पनि सरकार छाड्नुपर्ने र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाउनुपर्ने शर्त राख्ने सम्भावना छ ।

'जबसम्म संविधान संशोधन हुँदैन, त्यतिबेलासम्म राजपाले सरकारलाई पुनः समर्थन गर्न पनि सक्दैन र फोरमसँग एकता भएपछि आधा सरकारमा बस्ने र आधा बाहिर बस्ने भन्ने कुरा त हुँदैन,' वृशेषचन्द्रलालले लोकान्तरलाई भने । 

कहीँ मधेशमा सीके राउतको उदयका कारण तपाईंहरूले फोरमसँग एकता गर्ने प्रक्रियालाई हठात् शुरू गर्नुभएको हैन ? भन्ने प्रश्नमा उनले भने, 'राउतको उदयबाट एकता प्रभावित छैन । सीके राउत आफ्नो एजेण्डाबाट पछि हट्नुभएको हो । स्वतन्त्र मधेशको माग लिएर हिँडिरहेको उहाँको हिजोको अवस्थाले त हामीलाई कुनै असर परेको छैन भने उहाँहरू राजनीतिक मूलधारमा आउँदा हामीलाई केको अप्ठ्यारो ?'

राजपाले एकताका लागि केही शर्त राखेको छैन - फोरम

राजपाले वार्ता समिति गठन गरिसकेपछि फोरमलाई औपचारिक पत्र पठाएर धन्यवाद दिएको छ । एकताको पहल गरेकोमा धन्यवाद दिइएको फोरमका नेता रामसहायप्रसाद यादवले लोकान्तरलाई बताए ।

'हामीले कार्यदल बनाएर वार्ता प्रक्रिया अगाडि बढाउने प्रस्ताव गरेका थियौं, उहाँहरूले त्यसलाई रेस्पोन्स गर्दै औपचारिक पत्र पठाउनुभएको छ,' यादवले भने, 'यसबाट हामी खुसी नै भएका छौं ।'

औपचारिक रूपमा राजपाले एकताका लागि फोरमसँग केही शर्त नराखेको यादवको भनाइ छ । यद्यपि केही दिनअघि लोकान्तरसँग कुरा गर्दै राजपाका नेता अनिल झाले फोरमले सरकार नछाडेसम्म एकता हुन नसक्ने बताएका थिए ।

'सरकार छोड्ने नछोड्ने विषयमा चिट्ठीमा केही उल्लेख गरिएको छैन,' यादवले भने, 'हामीले बसेर छलफल गरौँ भनेका छौं । छलफलपछि जे निष्कर्ष आउँछ त्यही गर्ने हाम्रो प्रस्ताव छ ।'

वार्ता टोली बनाएर एकताको मोडालिटीका बारेमा छलफल गर्ने आफ्नो प्रस्ताव रहेको यादवको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x