×

NMB BANK
NIC ASIA

आतंकको छायाँ

श्रीलंकाका विलासी होटल र चर्चहरूमा विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

बैशाख ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – श्रीलंकाका विलासी होटल र चर्चहरूमा आइतवार शृंखलाबद्ध विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् भने ईस्टर सर्भिसेजका लागि भेला भएका सयौं भक्तहरू घाइते भएका छन् । 

Muktinath Bank

पहिलो विस्फोटन कोलम्बोस्थित सेन्ट एन्थोनी चर्च अनि नेगोम्बो शहरमा रहेको सेन्ट सेबास्टियन चर्चमा भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलम्बो राष्ट्रिय अस्पतालका निर्देशक सामिन्दी सामराकूनले कम्तीमा ५० जनाको मृत्यु र २८० जना घाइते भएको आफूले थाहा पाएको रोयटर्स समाचार संस्थालाई बताइन् । 


Advertisment
Nabil box
Kumari

सेन्ट एन्थोनीमा भएको विस्फोटमा कम्तीमा १६० जना घाइते भएको र उनीहरूलाई कोलम्बो राष्ट्रिय अस्पतालमा भर्ना गरिएको एक अधिकारीले एएफपी समाचार संस्थालाई बताए । 

Vianet communication
Laxmi Bank

विस्फोटनको घटनालगत्तै प्रहरीले कोलम्बोमा रहेका तीनवटा होटलमा पनि विस्फोट भएको र देशको पूर्वी भागमा रहेको बाट्टिकालोआ शहरमा रहेको चर्चमा पनि आक्रमण भएको बताए । 

बाट्टिकालोसा अस्पतालका एक अधिकारीले एएफपीलाई बताएअनुसार, ३०० भन्दा बढी मानिस घाइते भएर अस्पतालमा भर्ना भएका छन् । 

श्रीलंकाका एक सांसद हर्षा डी सिल्भाले आफू एक चर्च र एक होटलमा पुगेको र डरलाग्दा दृश्य देखेको बताए । ‘सबैतिर शरीरका अंगहरू छरिएका थिए । आपतकालीन क्रूहरू घटनास्थलमा उद्धार कार्यमा लागेका छन्,’ उनले ट्विटरमा लेखे । 

सामाजिक सञ्जालमा राखिएका तस्वीरमा एउटा चर्चको छत विस्फोटका कारण लगभग उडेको देखिएको छ । 

श्रीलंकामा बौद्ध धर्मावलम्बीको बहुमत छ र त्यहाँ जम्मा ६ प्रतिशत क्याथोलिक धर्मावलम्बी छन् । तर यो धर्ममा तमिल र अन्य अल्पसंख्यक जातीय समूहहरूपनि जोडिएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन । प्रहरीको अनुसन्धान जारी छ ।

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x