कांग्रेस कमजोर प्रतिपक्षी होइन : देउवा

फाइल फोटो
बैशाख ९, २०७६

दमक- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकिर थियो ।

झापाको चन्द्रगढी विमानस्थलमा सोमवार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले कांग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै कांग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, 'कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर छैन ।'


ADVERTISEMENT

कांग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, 'यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।' वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाइ थियो । 

बैशाख ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार