सीके राउतका मुद्दाको सूची पुग्यो गृह मन्त्रालयमा, फिर्ता लिने प्रक्रिया शुरू

बैशाख ११, २०७६

काठमाडौं – पृथकतावादी अभियन्ता सीके राउतलाई मूलधारको राजनीतिकमा ल्याउन भन्दै सरकारले गरेको सम्झौता अनुसार मुद्दा फिर्ता लिनुपर्ने अभियोगको सूची गृह मन्त्रालयमा पुगेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा गठित सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले मुद्दा फिर्ता सूची गृहसचिव प्रेमकुमार राईलाई बुझाएका छन् ।


ADVERTISEMENT

२०७५ फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौता अनुसार गठबन्धनका नेता कार्यकर्तामाथि लागेको राज्य विरुद्धको सहितका मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

गृह मन्त्रालयले प्राप्त सूची अध्ययन गरेर मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउने जनाइएको छ । 

बैशाख ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस