×

NMB BANK
NIC ASIA

बुटवल- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको सरकारले आफ्ना निरंकुश गतिविधिहरू नसच्याए राणा र पञ्चायतको जस्तै हालत हुने चेतावनी दिएका छन् ।

Muktinath Bank

नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार भैरहवा विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले निरंकुश बनिरहे राणा र पञ्चायत जस्तै ओली सरकार पनि ढल्ने दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'राणा र पञ्चायतसँग शक्ति थिएन र ? तै पनि काँग्रेसकै नेतृत्वमा ढल्यो । निरंकुश गतिविधि नसच्याए ओली सरकारको हालत पनि तीनको जस्तै हुनेछ,’ सभापति देउवाले भने । न्यायालय, प्रेस र  मानवअधिकार माथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकले ओली सरकारको तानाशाही चरित्र छर्लङ्ग भएको टिप्पणी देउवाले गरे ।


Advertisment
Nabil box
Kumari

मिडिया काउन्सिल, मानवअधिकार र शान्तिसुरक्षा सम्बन्धी विधेयक कांग्रेसले कुनै हालतमा पास हुन नदिने दोहोर्‍याए ।

Vianet communication
Laxmi Bank

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बालुवाटार जग्गा प्रकरण र वाइडबडी विमान प्रकरणको सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे । ती काण्डमा तपाईंको पनि नाम जोडियो नि ? भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा काँग्रेस देउवाले त्यसमा अफ्नो कुनै संलग्नता नभएको दाबी गरे । ‘यी काण्डमा मेरो कुनै संलग्नता छैन । सदनमै स्पष्ट भनिसकेको छु । त्यसको अनुसन्धान गर्ने अख्तियारले हो । छिटो तर सुक्ष्म अनुसन्धान गर्नुपर्‍यो,’ देउवाले भने ।

कांग्रेसले बनाएको छाँया सरकारका मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका कमीकमजोरी र सरकारका गलत क्रियाकलापका विषयमा खोजी गरी संदनबाटै ती विषयलाइ उठान गर्ने बताए ।

कम्युनिष्ट सर्वसत्तावादविरुद्ध लड्न कांग्रेसभित्र एकता जरुरी भएकाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रक्रिया अगाडि बढेको देउवाको दावी छ । 'गुटको अन्त्य गरी एकता कायम गर्नु मेरो दायित्व र जिम्मेवारी हो । त्यसलाई पूरा गर्नेछु,’ काँग्रेस सभापति देउवाले भने ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x