×

NMB BANK
NIC ASIA

मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई शाखा सञ्चालनमा

असार १७, २०७६

NTC
Premier Steels

काठमाडौं-'जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ' भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ र लघु बैंकिङ सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रूपमा शाखा कार्यालय विस्तार गरेको छ । 

Muktinath Bank

सुर्यविनायक शाखाको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरूलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड दिँदै बैंकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसंस्थाहरूसँग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्‍याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल, संस्थापक सेयरधनी, स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो ।

Vianet communication

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका एटीएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x