×

NMB BANK
NIC ASIA

आर्थिक सुरक्षा

कर्णालीमा विपद् प्रकोप : गत वर्ष ५० जनाको मृत्यु, बीमाले राहत पुर्‍याउने आश

असोज ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न प्रकारका विपद्मा परेर ५४ जनाको मृत्यु भयो भने ३८ जना घाइते भए ।

Muktinath Bank

सबै विपद् प्रभावितले प्रक्रियागत रुपमा राहत पाउन सकेनन् । आफन्त गुमाउँदाको पीडा व्यहोरेका परिवारले राहत नपाउँदा झन् पीडित हुनुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक वर्ष देखिने यहीँ समस्यालाई सम्बोधन गर्न कर्णाली प्रदेश सरकारले यस वर्षदेखि विपद्बाट हुने दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ । बीमा कार्यक्रममा कर्णाली प्रदेशका सबै सर्वसाधारण जोडिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशमा विपद्का कारण ८२ करोड १५ लाख ६२ हजार ३२० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । सो अवधिमा कर्णाली २४० बाढी, २०७ पहिरो, ३९ चट्याङ, १५४ हावाहुरी र २०८ आगलागीका घटना भएका छन् । जसमा ५४ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । विपद्मा ७०० पशुचौपायामा क्षति भएको छ भने ७५१ घरमा क्षति भएको छ ।

Vianet communication
Laxmi Bank

जिल्लागत रुपमा दैलेखमा २ जनाको मृत्यु भयो भने १० जना घाइते भए । सुर्खेतमा ५ जनाको मृत्यु, ३ जना घाइते, जाजरकोटमा १४ जनाको मृत्यु, ४ जना घाइते, सल्यानमा ८ जनाको मृत्यु, १ जना घाइते भएका छन् ।

रुकुम पश्चिममा १ जनाको मृत्यु, डोल्पामा १८ जनाको मृत्यु, ३ जना घाइते र ८ जना बेपत्ता, जुम्लामा २ जनाको मृत्यु, कालिकोटमा १२ जना घाइते, हुम्लामा ३ जनाको मृत्यु, ५ जना घाइते तथा मुगुमा १ जनाको मृत्यु भएको छ ।

प्रहरीको तथ्यांकअनुसार गत ३ वर्षमा विपद्मा परेर १ सय ७ जनाको मृत्यु भएको छ ।

विपद्को क्षतिपछि बीमाबाट प्रभावित परिवारलाई राहत दिने गरी प्रदेश सरकारले कार्यक्रम लागू गरेको छ । सरकारले प्रतिव्यक्ति ७ रुपैयाँ तिरेर १७ लाख ७० हजार प्रदेशवासीको दुर्घटना बीमा गराएको छ । दुर्घटना बीमा गराएपछि एकातिर राज्यले राहत स्वरुप बाँड्ने लाखौं रकम जोगिएको छ भने अर्कोतर्फ जनताले राहत महसूस गर्ने अपेक्षा सरकारको छ ।

सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आर्थिक अभावमा काजकिरीया गर्न समस्या हुने परिवारलाई ठूलो सहयोग पुग्ने बताए । ‘कर्णालीका जनताको आर्थिक अवस्था दयनीय छ,’ मन्त्री भण्डारीले भने, ‘बीमा कार्यक्रमले कम्तिमा लाखौं गरीब जनताले आफन्तको सदगत गर्न सक्ने र त्यसले परिवारलाई थप आर्थिक हानी नोक्सानीको वातावरण अन्त्य गर्ने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार प्रत्येक जिल्लाका १ हजार जोखिमपूर्ण अवस्थामा रहेका घरको पनि बीमा गरिने भएको छ । बीमा गरिएका घर बाढीपहिरो तथा अन्य कुनै कारणले क्षति भएको खण्डमा ५ लाख पाउने गरी बीमा गरिएको छ भने बढीमा ५ जनाको ज्यान गएको खण्डमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ थप पाउने गरी राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरिएको मन्त्री भण्डारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x