सामसङको प्रिमियम क्यामरा फिचर अब ग्यालेक्सी 'एथर्टी एस'मा

कात्तिक ६, २०७६

काठमाडौं – लोकप्रिय इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी एथर्टी एस प्रस्तुत गरेको छ । नयाँ ग्योलेक्सी एथर्टी एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरू विद्यमान गरी नयाँ पुस्ताहरूको आवश्यकतालाई समेट्दै उनीहरूको लागि तयार गरिएको छ । 
 
“प्रविधिमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरू माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी एथर्टी एस ले युवा मिलेनियल्सहरूको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ”, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी एथर्टी एसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् ।


ADVERTISEMENT

यसमा ४००० एमएएच को शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरूका लागि तयरा गरिएको हो । यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी एथर्टी एस मा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटी रहेको छ । डिजाइनमा कुनै सम्झौता नगरी तयार गरिएको छ ।

प्रयोगकर्ताहरूलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जिवि र १२८ जिबि मेमोरी का साथ उपलब्ध रहेको छ ।

मूल्य तथा उपलब्धता

ग्यालेक्सी एथर्टी एस को ४ जिबि र १२८ जिबियुक्त सेटको खरिद मूल्य रु. ३१,८९० रहेको छ । यो फोन तिन आकर्षक रंगहरू प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा उपलब्ध रहेको छ ।

यो फोन कार्तिक ३ गतेदेखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक आउटलेटहरूमा उपलब्ध रहेको छ ।

कात्तिक ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस