×

NMB BANK
NIC ASIA

प्रत्यारोपण समितिकै मिलेमतोमा नक्कली आफन्त बनाएर मिर्गौला फेरियो

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा कारखाना त कहिले गाडीमा खलासी बस्थे । 

Muktinath Bank

गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर (अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ) लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ । तिम्रो जाँच गरौं । दुइटा भए एउटा दिँदा फरक पर्दैन । तिमीले तीन लाख रुपैयाँ पाउँछौ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजुले शंखरलाल लामाका लागि मिर्गौला खोजिदिएका हुन् । बाबुका लागि मिर्गौला खोज्न लामाका छोरा शिशिरसागर दौडधुप गरिरहेका थिए । राजुले त्यही दिन मगरलाई शिशिरसँग भेटाइदिए । शिशिरले पनि उसैगरी फकाए,‘मेरो बुबालाई मिर्गौला चाहिएको छ, तपाईंलाई एउटा मिर्गौला भए पनि केही फरक पर्दैन । धेरै मानिसले मिर्गौला झिकेका छन् ।’ जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगदै ३ लाख रुपैयाँ दिउँला’ भनी आश्वासन दिएका थिए । त्यसपछिका ३/४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४/५ हजार रुपैयाँ दिएर आश्वस्त पारे ।


Advertisment
Nabil box
Kumari

मिर्गौला पाउने निश्चित भएपछि वनस्थलीस्थित डायलसिस सेन्टरमा डायलसिस गराइरहेका लामालाई पुल्चोकको निदान अस्पताल लगियो । त्यहाँ उनले आफ्ना भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको बताए । अस्पतालका प्रशासन प्रमुख विपेन्द्र प्रधान र कानुनी सल्लाहकार कुमुदकुमार भट्टराईले आवश्यक कागजात तयार गर्न सल्लाह दिए ।

Vianet communication
Laxmi Bank

जिल्ला अदालतमा दर्ता भएको मिसिलअनुसार लामा र शिशिरले गाउँबाट भान्जाको नाता प्रमाणितको सिफारिसपत्र लिएर आए । अस्पताल आइसकेपछि भने उनै मगरलाई भान्जा बनाएर उभ्याए ।

लामाले बयानमा विवरण तोडमोड गरेका छन् । अस्पताल पुर्‍याइएका भान्जा डराएर मिर्गौला प्रत्यारोपणका लागि तयार नभएपछि मगरलाई ल्याउनुपरेको उनको भनाइ छ । ‘जसो गर्दा पनि नभएपछि निदान अस्पतालका कर्मचारीको सल्लाहबमोजिम आइते मगरसँग मेरो छोराले कुरा गरी मिर्गौला दिन तयार बनाएका हुन्,’ लामाको बयान छ । प्रहरीले भने सुरुदेखि नै मगरलाई अघि सारिएको निष्कर्ष निकालेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x