×

NMB BANK
NIC ASIA

मिडिया कभरेज

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारतीय मिडियामा तरंग : 'नेपाल पीएम ने दिखाए भारत को तेवर !'

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग देखिएको छ ।

Muktinath Bank

आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्डियन एक्सप्रेसले त ब्याक अफ इन्डिया लेखेको बोर्डसहित नेपाली भण्डा फहराएको तस्वीर पनि राखेको छ ।


Advertisment
Nabil box
Kumari

तस्वीर : इन्डियन एक्सप्रेस (रोयटर्स)

Vianet communication
Laxmi Bank

इन्डियन एक्सप्रेसले 'नक्सा विवाद : नेपालका प्रधानमन्त्रीले कालापानीमा गरे दाबी, भारतलाई फिर्ता हुन आग्रह' शीर्षकमा समाचार छापेको छ ।

उसले भारतले नयाँ नक्सा जारी गरेपछि देखिएको विवादका सन्दर्भमा ओलीको यो पहिलो अभिव्यक्ति भएको उल्लेख गरेको छ ।

कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान आग्रह गरिएको समाचारमा उल्लेख छ ।

***

बीबीसी हिन्दीले 'भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- 'एक इंच भी ज़मीन नहीं मिलेगी' शीर्षकमा समाचार छापेको छ ।

उक्त समाचारमा भनिएको छ:नेपालमा बढ्दो विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार भनेका छन्, 'कालापानी नेपाल, भारत र तीब्बतको त्रिदेशीय विन्दु हो, यहाँबाट भारतले तत्काल आफ्नो सैनिक हटाउनुपर्छ ।'

ओलीको अभिव्यक्ति भनेर उक्त कुरा कोट गरिएपनि नेपाल–भारत–चीन त्रिदेशीय विन्दु कालापानी नभएर लिम्पियाधुरा हो ।

कालापानी नेपालको सार्वभौम भूमि हो, लिपुलेक नेपाल र चीनबीचको सीमा नाका हो भने लिम्पियाधुरा त्रिदेशीय विन्दु हुनुपर्ने दाबी नेपाली पक्षको छ ।

***

आजतकको अनलाइन संस्करणमा 'कालापानी पर नेपाल PM ने दिखाए भारत को तेवर- एक इंच जमीन भी नहीं देंगे' शीर्षकमा समाचार छापिएको छ ।

आजतकले पनि बीबीसी हिन्दीजस्तै कालापानी नेपाल–भारत–चीन त्रिदेशीय विन्दु भएको दाबी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भनी तथ्य मोडेर समाचार प्रकाशित गरेको छ ।

अमर उजाला दैनिकले 'कालापानी से भारतीय सैनिकों को हटाएंगे' शीर्षक दिएर समाचार प्रकाशित गरेको छ ।

भारतीय दूतावास अघि प्रदर्शन भएको कुरा समेत उल्लेख गर्दै समाचारमा नक्सा जसले पनि छाप्न सक्छ, तर नेपाली भूमिमा नेपालकै सेना रहन्छ भनेर प्रधानमन्त्री ओलीले भनेको उल्लेख छ ।

अमर उजालाको अनलाइन संस्करण लेख्छ – नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक ।

पञ्जाब केशरीले 'कालापानी को लेकर भारत को आंखें दिखा रहा नेपाल, PM ओली ने किया बडा ऐलान' शीर्षकमा समाचार छापेको छ ।

'कालापानी मुद्दे को लेकर नेपाल भारत को आंखें दिखाने पर उतर आया है' समाचारको लीड लाइनमा लेखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x