×

NMB BANK
NIC ASIA

चार करोड ह्याकिङ प्रकरण : कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ ।  बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् । 

Muktinath Bank

सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएका हुन् । जेल चलान हुने अन्यमा लवाङ लामा, श्रवणकुमार श्रेष्ठ, चन्द्रबहादुर बुढा, विजयकुमार साह, गणेशकुमार बस्याल, यज्ञराज भट्ट र मालती न्यौपाने छन् । चारजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । जसमा सुनीता लामालाई १०, रामकृष्ण भुसाललाई २५, मालती न्यौपानेलाई १०, लक्ष्मी तामाङलाई १० लाख, निमा तामाङलाई १० हजार, अशिम श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । बैतडीका जनकबहादुर कुँवर पनि अनुसन्धानमा पक्राउ परेकोमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पैसा राख्ने पुष्पराज खड्का र विद्यासागर लामिछाने भने साधारण तारेखमा छुटेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय अपराध महाशाखाले गत ७ असोजमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बैंकका कर्मचारीकै मिलेमतो देखिएपछि उनीहरूलाई समेत पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए ।  


Advertisment
Nabil box
Kumari

यस्तो थियो पाँच अर्ब लुट्ने योजना 
५ असोजमा बानेश्वरस्थित पानस रेमिटबाट एउटै कोडबाट धेरैले शंकास्पद कारोबार गरेको सूचना प्रहरीले पायोे । सोही आधारमा अनुसन्धान गर्न प्रहरीले पैसा निकाल्ने सञ्जय घले, लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङलाई पक्राउ गर्‍यो । उनीहरूले लवाङ तामाङको निर्देशनअनुसार आफूहरूले पैसा निकालेको बताए । 

Vianet communication
Laxmi Bank

प्रहरीले त्यसपछि लवाङलाई पक्राउ गर्‍यो । उनीसँग ३१ लाख रुपैयाँ भेटियो । त्यो पैसाको स्रोत खोज्ने क्रममा कृषि विकास बैंकमा ह्याकिङ भएको खुलेको हो । उनले सुरुमा कृषि विकास बैंकबाट सो रकम निकालेको बताएका थिए, तर स्रोत खुलाउन नसकेपछि अवैध रूपमा निकालेको खुल्यो । त्यसपछि आफूहरूले कृषि विकास बैंकलाई जानकारी गराएको अपराध महाशाखाका एसएसपी थापा बताउँछन् ।  अनुसन्धानका क्रममा गिरोहका नाइके अफ्रिकन मूलका भारतीय नागरिक पिटर भएको खुलेको छ । उनी केही महिनाअघि नेपाल आएको र लवाङसँग चिनजान भएको थियो । उनकै निर्देशकअनुसार लवाङले विभिन्न व्यक्तिलाई पैसा निकाल्न परिचालन गरेका थिए । 

बैंकका कर्मचारीलाई पनि उनले नै सेटिङ मिलाएको प्रहरीले जनाएको छ । पैसा ट्रान्सफरसम्बन्धी गोप्य कोड पाएर उनले रातारात पैसा ट्रान्सफर गरेका थिए । यसरी पाँच अर्ब रुपैयाँ निकाल्ने उनको योजना थियो । यसरी निकालिएको मध्ये केही रकम नेपालीहरूलाई नै दिने उनको प्रस्ताव थियो । सो रकममध्ये १० लाख उनले भारतीय व्यापारी सुबन्कर पन्जामार्फत हुन्डी गरेर लिएका थिए । 

चार किलो सुन गायब 
तस्करीको चार किलो सुन गायब बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकका विष्णु खड्कालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार उनी सुुन तस्करीका भरिया हुन् । उनले आफूले चार केजी सुन ल्याएको तर अपरिचित व्यक्तिले लुटेको बताएका छन् । 

स्रोतका अनुसार सुन तस्करीमा संलग्न व्यक्तिहरूकै सूचनाका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । तर, सुन तस्करीमा लगाउने समूहमाथि भने प्रहरीले अनुसन्धानमा चासो दिएको छैन । तस्करी गर्नेसँग मिलेर भरियालाई थुनेको आरोप प्रहरीमाथि लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x