×

NMB BANK
NIC ASIA

गत मंसिर १५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका मन्त्री तथा कर्मचारीलाई अबको तीन महिना कतै पनि नजान र बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिए । उनले दिएका निर्देशन उनी आफैले त पालना गरेनन् मन्त्रीहरूको समेत लस्कर लगाएर झोला बाँड्ने अभियानमा भने सक्रिय हुन थालेका छन् । सार्वजनिक कार्यक्रम, एनजिओ तथा आइएनजिओको कार्यक्रममा कसैले पनि सहभागिता नजनाउन निर्देशन दिएका मुख्यमन्त्री शाही आफू भने त्यस्ता सार्वजनिक कार्यक्रममा खुलेरै जाने गरेका छन् ।

Muktinath Bank

‘अबको यो ३ महिना मन्त्री र सचिव कोही पनि बिदामा नबस्नुस्, संघीय सरकारका कार्यक्रम हुन की गैरसरकारी निकायका कार्यक्रमका हुन कतै नजानुस्,’ मुख्यमन्त्री शाहीले मन्त्री र कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए, ‘दोश्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य पुगेको हुनुपर्छ । आगामी ३ महिनाको कार्यसम्पादनको आधारमा मन्त्री र सचिवको कार्यक्षमताको मूल्यांकन गर्नेछौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले दिएको निर्देशन यतिमा मात्रै सीमित थिएन । ‘काम गर्न सकिँदैन भने ईमान्दारिका साथ सक्दिन भन्नुहोस्, आर्थिक वर्षको अन्त्यमा मन्त्रालयको प्रगति कमजोर देखिए त्यो भन्दा ठुलो जनताप्रतिको धोका अरु केही पनि हुँदैन,’ उनको थप निर्देशन थियो ।


Advertisment
Nabil box
Kumari

तर मुख्यमन्त्री शाही, सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल एक गैरसरकारी संस्थाले बाँडने भनेको जापानीज झोला वितरणमा मंसिर २६ गते जाजरकोट पुगे । मन्त्रीहरूको यस्तो क्रियाकलापबारे सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ ।

Vianet communication
Laxmi Bank

सुर्खेत चेम्बर आफ कर्मशका अध्यक्ष चिन्तामणि शर्मा पौडेलले सरकारको गतिविधिको चर्को विरोध गर्दै सामाजिक सञ्जालमा तिखो आलोचना गरेका छन् । उनले भनेका छन्, ‘ पर्यटन वर्ष २०२० सुरु हुन केही दिन बाँकी छ । चालू आवको वजेट खर्च नहुने निश्चित भैसकेको छ। सरकार संचालनका अघिकांश संयन्त्र डिफङ्ट भैसकेका छन् । भूमि आयोग, लोकसेवा आयोग अनि विभिन्न वोर्डहरूको गठन लामो समय भैसक्दापनि हुन सकेको छैन ।’

बल्लतल्ल बनेको प्रदेश योजना आयोग कामै नपाएर फुर्सदिलो बनेको उनको आरोप छ । ‘यसका उपाध्यक्ष पदबाट राजीनामा दिने मुडमा नेताहरूसँग परामर्शमा छन् । न पार्टी एक्टिभ छ, न त संसदीय दलको बैठक नै बस्न सकेको छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा अयोध्याको यात्रा सिद्राको व्यापार भने जस्तै गरि लावालस्कर सहित किन मुख्यमन्त्री ज्यू ? कस्तो अप्ठ्यारो लाग्छ आफ्नै मुख्यमन्त्रीलाई भनिरहन , के गर्ने ? भनौ मुखिया कि बुहारी, नभनौ खोरका कुखुरा सकी’ भने झैं भाछ !’

उनी मात्रै होइनन, नेकपा निकटका नेताहरूले पनि सामाजिक सञ्जालमा सरकारको काम प्रति कडा टिप्पणी गरेका छन् ।

नागरिक दैनिकमा काम गर्दै आइरहेका पत्रकार नगेन्द्र उपाध्यायले पनि सरकारको सामाजिक सञ्जालबाट विरोध गरेका छन् । उनले लेखेका छन्, ‘क्या अच्चम हो यो ! झोला बाँड्न नि मुख्यमन्त्रीसहित तीन मन्त्री ? कठै मेरो सरकार !’

सत्तापक्षीय सांसद विन्दमान विष्टले पनि सामाजिक सञ्जालमा सरकारको यो कदमको आलोचना गरेका छन् । उनले ‘उफ अब त अति भो’ भन्दै सरकारको स्वेच्छाचारितामा प्रश्न उठाएका हुन् ।

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य दानसिंह परियारले झोला बाँड्न जानु राम्रो नभएको प्रतिक्रिया दिए । ‘झोला बाँडन जानु राम्रो होइन, बजेट कार्यान्वयन गर्न लाग्नुपर्नेमा यस्ता काम गर्न हुन्थेन,’ उनले भने, ‘न्यायोचित हुँदै होइन, जनताको आवश्यकता पनि होइन । व्यक्ति हावी भएको मेरो ठम्याइ छ ।’

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले  सरकारलाई हेलिकप्टर चढन ठिक्क भएको बताए । ‘सरकारलाई हेलिकपटर चढ्न र झोला बाँड्न ठिक्क भएको छ,’ उनले भने, ‘सरकारले विकास निर्माण भन्दा पनि मोजमस्तीमै ध्यान दिएको छ । यसरी कर्णाली समृद्ध कसरी बन्ला ?’

सरकारलाई सुध्रिन बारम्बार सुझाव दिएपनि सरकारले भने आफ्नो गतिविधि जारी राखेको उनको भनाइ छ । ‘सरकारबाट जनता दिक्क भइसकेका छन्, विकास निर्माण हुन सकेको छैन, जताततै भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘यो सरकारबाट अब धेरै अपेक्षा राख्न सकिदैन । सरकारले माखो पनि मार्न नसकेको मेरो ठम्याइ छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x