बी डिभिजन फुटबल फागुन दोस्रो सातादेखि

सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि शुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच हुनेछ ।


Advertisement

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने प्रतियोगिता   चैत २३ गते सम्पन्न हुनेछ। लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक टोली ए डिभिजनमा बढुवा हुनेछ भने एक टोली सी डिभिजनमा घटुवा हुनेछ ।
    
लिगमा श्रीकुमारी, ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्नेछन् 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्