बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम प्रदान

सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करीब १६ महिलालाई पाँच महिने सीपमूलक तालिम प्रदान गरेको छ ।

लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो ।


Advertisement

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरी समापन कार्यक्रमसँगै बिदाइसमेत गरिएको माइती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन् । छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबै जनाले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्नुपर्ने र अरूलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकांश वक्ताले बताए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्