कोरोना रोकथाम तथा नियन्त्रण कोषमा प्रधानमन्त्रीका सल्लाहकारहरूको पनि योगदान

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रधानमन्त्रीका सचिवालय टीममा रहेका सदस्यहरूले पनि सहयोग गर्ने भएका छन् ।

कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका हुन् ।


Advertisement

त्यस्तै विकास तथा पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सचिव होमबहादुर थापाले भने आधा महिनाको पारिश्रमिक उपलब्ध गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई बताए ।

आइतवार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणको व्यवस्था गर्ने भन्दै सरकारले ५० करोडको कोष स्थापना गरेको हो ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्