कोरोना कहर : सूचना मार्फत चैत्र २३ गतेसम्म स्थगित भयो संसद बैठक

बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर चैत्र २३ गते सम्मका लागि स्थगित भएको छ ।

यसअघि चैत्र ७ गतेका लागि बोलाइएको बैठक सूचना मार्फत नै १३ गतेसम्मका लागि स्थगित भएको थियो ।


Advertisement

संघीय संसदका कार्यबहाक महासचिव गोपालनाथ योगीले बुधवार एक सूचना प्रकाशित गरी कोरोना भाइरसको संभावित संक्रमणका नेपाल सरकारले अत्यावश्यक बाहेकको आवत जावतमा प्रतिबन्ध लगाएकोले बिहीवारको बैठक बस्न नसक्ने जानारी गराएका हुन् ।

अर्को बैठक चैत्र २३ गते आइतवार दिउसो १ बजे बस्ने सभामुख अग्नि सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्