अमेरिकामा जानीजानी कोरोनाभाइरस सार्नेलाई आतंकवादको मुद्दा लगाइने

जानीजानी कोरोनाभाइरस सार्ने व्यक्तिहरूलाई आतंकवादको मुद्दा लगाइने जस्टिस डिपार्टमेन्टको एक मेमो (स्मरणपत्र) मा उल्लेख गरिएको छ । 

भाइरस ‘जैविक हतियारको कानूनी परिभाषामा पर्ने देखिएको भन्दै सहमहान्यायाधिवक्ता जेफ्री रोजेनले जानाजान भाइरस फैलाउने कामलाई आतंकवाद सम्बन्धी कानूनले सम्बोधन गर्न सक्ने भनी मेमोमा लेखे । 


Advertisement

‘अमेरिकीहरूका विरुद्ध कोभिड–१९ लाई हतियारका रूपमा प्रयोग गर्ने धम्की दिने वा प्रयास गर्ने काम असह्य छ,’ रोजेनले भने ।

मेमोमा संघीय सरकारले चाल्न खोजेको आक्रामक कदममा पनि जोड दिइएको छ । संक्रमण देशमा फैलिँदै जाँदा आक्रामक कदम चाल्नुपरेको हो । 


Advertisement

कोरोना फैलिएसँगै ठग र अपराधीहरूले मास्क दिने भन्दै फोन गर्ने अनि मास्क नपठाउने अनि माल्वेयर सार्ने कोरोनाभाइरस सम्बन्धी फर्जी याप र वेबसाइट बनाउने काम गरिरहेको मेमोमा उल्लेख गरिएको छ । 

‘संकटको फाइदा उठाउँदै अवैध नाफाखोरी गर्ने वा अमेरिकीहरूलाई शिकार बनाउने काम घृणास्पद छ र यसलाई हामी सहँदैनौं,’ रोजेनले लेखे । 

महान्यायाधिवक्ता विलियम बारले अघिल्लो साता संघीय अभियोजनकर्ताहरूलाई महाव्याधिको फाइदा उठाउन खोज्ने ठग र ह्याकरहरूमाथिको अनुसन्धान थाल्न निर्देशन दिएपछि यो मेमो आएको हो ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्