कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चैत १८, २०७६
चीनको हाङ्चो शहरमा कोरोनाभाइरस फैलिएका बेलामा गम्भीर बिरामी भएर अस्पतालमा भर्ना भएका ९० वर्षीय पतिलाई उनकी ८४ वर्षीया पत्नीले दिनको एउटा गरी ४५ वटा प्रेमपत्र पठाएकी छन् । महिलाका प्रेमपत्र अन्लाइनमा आएपछि लाखौं मानिसको मन पग्लेको छ ।
हुआङ ग्वोची नामक ती महिलाले ५५ दिनको अवधिमा ४५ वटा भावुक पत्र लेखेकी थिइन् । अस्पतालमा लकडाउन लगाइएर सबैजनालाई आईसीयू आउनबाट रोकिएपछि हुआङले पत्र लेखेकी हुन् ।
उनका पति सुनलाई कोरोना लागेको त हैन । विगत एक वर्षदेखि उनी श्वासप्रश्वासमा समस्या र मानसिक रोगको उपचारका लागि अस्पतालमा भर्ना गरिएका थिए ।
हजुरआमा हुआङ भनी चिनिने ती महिलालाई पनि श्वासप्रश्वासको रोग छ र उनी पनि त्यही अस्पतालमा भर्ना गरिएकी छन् । उनको अवस्था तुलनात्मक रूपमा कम गम्भीर छ र उनलाई सामान्य वार्डमा राखिएको छ ।
कोरोनाभाइरस संक्रमण फैलिनुअघि उनी पतिलाई भेट्न अस्पताल गइरहन्थिन् । पतिलाई मन पर्ने किवीफ्रुट बोकेर उनी जाने गर्थिन् ।
फेब्रुअरी १ देखि अस्पतालले बाहिरबाट आउने मानिसलाई कडीकडाउ गर्न थालेपनि हुआङ विचलित भइनन् ।
उनी आईसीयू वार्डको ढोकामा कुरिरहन्थिन् र नर्सलाई किवी फलको कचौरा दिएर हजुरबा सुनलाई दिनू है भन्थिन् ।
अनि उनले कागजमा कलमले लेख्दै आफ्ना पतिप्रतिको प्रेम अभिव्यक्त गरिन् र उनलाई मजबूत भई बस्न प्रेरित गरिन् ।
एउटा पत्रमा उनले लेखिन्, ‘प्रिय पति, म ठीक छु । मेरो चिन्ता नलिनू । हाम्रा छोरा र नातिहरू घरैमा छन् । नर्सले दिएको आदेश मान्नू र उनीहरूलाई आफ्नो उपचारमा सहयोग गर्नू ताकि हजुर छिटो निको भएर परिवारसँग पुनर्मिलन गर्न सक्नुहोस् ।’
हजुरबा सुनले पत्नीको पत्र पाएपछि त्यसलाई बारम्बार पढ्ने गरेका थिए । पढिसकेपछि उनी पत्रलाई राम्ररी पट्ट्याउँथे अनि पेटीमुनि सुरक्षित राख्थे ।
चीनको भिडियो पत्रिका पीयरसँग कुरा गर्दै हुआङले भनिन्, ‘मैले परिवारको माया अनुभव गरेकी छु र उनकी पत्नीका रूपमा म उनलाई सहयोग गरिरहन्छु ।’
आठ हप्ताको वियोगपछि हजुरआमा हुआङलाई हजुरबा सुनसँग भेट्न अस्पतालले अनुमति दियो । गत बिहीवार उनीहरूको भेटघाट भएको हो ।
उनी फेस मास्क र सुरक्षा वस्त्र लगाएर रमाउँदै आईसीयूमा दिउँसो ठीक २ बजे पुगेकी थिइन् । उनको हातमा किवी फलको कचौरा थियो ।
सुनको शय्यामा लगिएपछि हुआङले उनलाई नयाँ प्रेमपत्र दिइन् र फेस मास्कबाटै चुम्बन पनि गरिन् ।
‘प्रिय पति, म हजुरलाई भेट्न आएँ । हामीले एकअर्कालाई नदेखेको ५० दिनभन्दा बढी भयो,’ हुआङले भनिन् । अनि उनले पतिको आत्मबल र ‘भुक्के गाला’को प्रशंसा गरिन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार, पत्नीका प्रेमपत्र पढेर नै सुनले गम्भीर रोग लागेपनि अप्ठ्यारो समय काट्न सकेका हुन् ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...