
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना भाइरसको परीक्षणको दायरा फराकिलो बनाउन सरकारलाई आग्रह गरेका छन्।
सोमबार अपिल जारी गर्दै नेता नेपालले परीक्षणको दायरालाई फराकिलो बनाउन, चिकित्सकहरू, फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरू, सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरू तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन माग गरेका हुन्।
उनले दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई राहत वितरण प्रभावकारी बनाउन पनि आग्रह गरेका छन्।
‘अत्यावश्यक उपभोग्य बस्तुको मूल्यबृद्धि एवम् अभाव हुन नदिन तीनै तहका सरकारहरू सहित सम्बन्धित सबैको पुनः ध्यानाकर्षण गराउॅछु’ उनले भनेका छन्।