×

कैलालीमा कोरोनाको र्‍यापिड टेस्टका लागि किट अपुग

चैत २९, २०७६

प्रतिकात्मक तस्वीर

सरकारले केही जिल्लामा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको भएपनि कैलालीमा किट भने अपुग हुने देखिएको छ ।

जिल्लामा चैतमा मात्रै १० हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय तहको अनुमान छ । 


Advertisment

स्वास्थ अधिकारीहरू भारतबाट विभिन्न नाका भएर वा लुकेर सो अवधिमा करीब १ लाख ५० हजार मानिस विदेशबाट सुदूरपश्चिममा भित्रिएको बताउँछन् । हाल सरकारले सुदूरपश्चिममा केवल १० हजार थान मात्र आरडीटी किट उपलब्ध गराएको छ ।


Advertisment

‘यति थोरै परिमाणले ती सबै मान्छेको र्‍यापिड टेस्ट गर्न कसरी पुग्छ ?’ एक स्वास्थ्यकर्मीले भने, ‘परीक्षणका लागि आरडीटी किट अभाव हुन्छ ।’

हाल टीकापुर नगरपालिकामा मात्रै चैतभित्र भारतबाट आएर घर फर्केका र क्वारेन्टाइन नबसेर घरमै बसेका करीब ५ सयदेखि ७ सय मानिस हुन सक्ने बताइएको छ । यहाँ र्‍यापिड टेस्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिका, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।

लम्कीचुहा नगरपालिकामा समेत र्‍यापिड टेस्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ । लम्की चुहाका स्वास्थ्य शाखा संयोजक जयन्ती बिष्टले भनिन्, ‘बाँकी १५ किट रहेको छ, आइतवार टेस्ट गर्छौं, हामी कहांँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन्, कसरी पुग्नू ?’

लम्कीचुहाका विभिन्न वडामा चैतभर भारतबाट घर फर्किएर घरमै बसेकाहरू २ हजारभन्दा बढी रहेको नगर प्रमुख महादेव बजगाईं बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी अहिले कैलालीमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको मात्र जाँच गर्ने गरी काम अगाडि बढाइएको बताउँछन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत नरेन्द्रसिंह कार्कीले संघीय सरकारबाट हालसम्म १० हजार किट आएको बताए । ‘१० हजार किट प्राप्त भएको छ र १० हजार किट फेरि माग गरेका छौंं,’ कार्कीले भने, ‘सबैको परीक्षण गर्ने सरकारको योजना हो । किट आएमा बांँकीको पनि परीक्षण गर्नेछौं ।’

यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग हस्तान्तरण गरेको छ । इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख सुमन तिमिल्सेनाले अस्पतालका अध्यक्ष दीपक रावललाई भेटेर सो सहयोग हस्तान्तरण गरे ।
तिमिल्सिनाले संक्रमणको जोखिमका बेला उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री सहयोग गरिएको बताए ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x