कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
धनुषाका ४५ वर्षीय संक्रमितको घर जनकपुरधाम उपमहानगरपालिका–५ मा घर छ भने वडा नम्बर ६ मा चामलको व्यापार गर्ने गरेका छन् ।
प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोषकुमार ठाकुरका अनुसार उनी लकडाउन हुनुभन्दा केही दिनअघि मात्र भारतको हरियाणा गएका थिए ।
चामल किन्नका लागि उनी त्यहाँ पुगेपनि भारतमा समेत लकडाउन हुँदा उतै फसेका थिए । ४० दिनसम्म हरियाणामा एउटा होटलमा बसेका उनले नेपाल आउन जुक्ति निकाले ।
एक ट्रक चामल किनेर ट्रकमै बसेर उनी नेपाल–भारतको सीमा पर्ने महोत्तरीको भीठामोड नाकासम्म आएका थिए । भन्सारमा चामलको चेक जाँच भयो तर सुरक्षाकर्मीले चालकसहित ट्रकलाई मात्र जनकपुर आउन दियो । उनलाई ट्रकबाट ओरालेर भन्सारमै रोकियो ।
भारतीय सीमानामा रोकिएका उनी रातिको समयमा लुकीछिपी मरुवाही नाका हुँदै नेपाल छिरे । वैशाख ३१ गते नेपाल छिरेका उनी जनकपुर आएपछि १ दिन घरमा परिवारसहित बसेका थिए । स्थानीयले थाहा पाएपछि उनलाई क्वारेन्टाइनमा गएर बस्न भनियो । क्वारेन्टाइनमा स्वाब परीक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो ।
अर्का संक्रमित २१ वर्षीय युवा जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था गाउँका हुन् । होली खेल्न भन्दै उनी आफ्नो मामा घर भारतको बिहारको बिहारी गाउँमा गएका थिए तर उनी पनि लकडाउनमा उतै फसेपछि धनुषाको जटही नाका हुँदै लुकीछिपी नेपाल भित्रिएका थिए ।
नेपाल भित्रिएर उनी पनि घरमा केही दिन बसेका थिए । गाउँका स्थानीय व्यक्तिले मामा घरबाट आएर लुकीछिपी बसेको थाहा पाएपछि उनलाई क्वारेन्टाइनमा पठाएका थिए ।
जेठ १ गते क्वारेन्टाइनमा आएका तथा २ गते स्वाब संकलनको काम गरिएको ठाकुरले बताए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...