×

NMB BANK
NIC ASIA

लकडाउन खुकुलो बनाउन तीनवटा मोडालिटी प्रस्ताव

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो ।

Muktinath Bank

मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमक्ष ढाँचा पेस गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव संयोजक रहेको सीसीएमसीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य, शान्ति सुरक्षा, आपूर्ति र सूचनासहित चार क्षेत्रमा काम गर्छ । जसमध्ये शान्ति सुरक्षाको क्षेत्रमा सेनालाई नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।


Advertisment
Nabil box
Kumari

लकडाउनलाई खुकुलो बनाउने विषय शान्ति सुरक्षाअन्तर्गत भएकाले सेनाले यसलाई मुख्य चासो दिएको हो । ‘यही ढाँचा ठीक हुन्छ भन्दा पनि हामीले तीन फरक मोडालिटी तयार पारेर बुझाएका छौं,’ सीसीएमसी स्रोतले भन्यो, ‘अब उनीहरूले यसलाई हेरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिमा पेस गर्नेछन् ।’

Vianet communication
Laxmi Bank

सीसीएमसीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंको नेतृत्वमा छलफल भएर तयार भएको तीन फरक मोडालिटीमध्ये पहिलोमा चरण–चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने भन्ने छ । यसमा अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक दुई सातामा परिवर्तन गर्दै जाने उल्लेख छ । यो मोडालिटीलाई सबैभन्दा पहिला सेनाले सीसीएमसीमा प्रस्ताव गरेको थियो ।

दोस्रो मोडालिटी कलर जोन (रङ क्षेत्र) का आधारमा तयार गरिएको छ । मुलुकभर कोरोना भाइरस संक्रमणको अवस्था हेरी रङका आधारमा विभाजन गर्ने र रङअनुसार लकडाउन खुकुलो बनाउँदै जाने भनिएको छ । प्रभावित क्षेत्रका आधारमा रातो, पहेँलो र सुन्तला वा एम्बर रङमा विभाजन गर्ने प्रस्ताव गरिएको छ । अति प्रभावित क्षेत्रलाई रातो, प्रभावितलाई पहेँलो र कम प्रभावितलाई एम्बर वा सुन्तला रङको संज्ञा दिइनेछ ।

सीसीएमसीमा प्रस्ताव गरिएको तेस्रो मोडालिटीमा जनताको आवश्यकताअनुसार कुन–कुन क्षेत्र तत्काल आवश्यक छ र कुन–कुन क्षेत्र पछि खुलाउँदा पनि हुन्छ, सोही आधारमा लकडाउन खुकुलो बनाउने उल्लेख छ ।

मुख्य सचिव रेग्मीले प्रधानसेनापति थापासँग पनि छलफल गरेर उच्चस्तरीय समितिमा यो मोडालिटीलाई प्रस्तुत गर्नेछन् । ‘त्यसपछि उच्चस्तरीय समितिले एउटा मोडालिटीलाई छान्छ वा तीनवटैलाई मन्त्रिपरिषद्मा पेस गर्नेछ,’ सीसीएमसीका एक पदाधिकारीले भने, ‘मन्त्रिपरिषद्ले अर्को साता निर्णय गरी लागू गर्नेर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x