×

NMB BANK
NIC ASIA

चीनले बनायो हाइपरसोनिक मिसाइल, अमेरिका जोखिममा

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ वैज्ञानिकहरूले लामो दूरीको सम्भवतः अन्तर्महादेशीय हाइपरसोनिक (ध्वनिको गतिभन्दा तीव्र) हतियार बनाउनमा सफलता हासिल गरेको दाबी गरेका छन् । 

Muktinath Bank

अहिले बेइजिङले बनाएको स्क्य्रामजेटको परीक्षण गर्दा त्यो लगातार ६०० सेकेन्डसम्म निरन्तर उड्न सकेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्लोबल टाइम्स पत्रिकामा प्रकाशित एक खबरअनुसार, स्क्य्रामजेट भएको हतियारसँग चीनमा विद्यमान डीएफ–१७ हाइपरसोनिक हतियारभन्दा पाँच गुणा बढीको दायरा छ । त्यसो हो भने यसलाई अन्तर्महादेशीय हाइपरसोनिक क्षेप्यास्त्र बनाउन मिल्छ । 


Advertisment
Nabil box
Kumari

‘डीएफ–१७ छोटोदेखि मध्यम दूरीको क्षेप्यास्त्र हो र यसमा स्क्य्रामजेट जडान गर्दा यसको दायरा पाँच गुणा बढ्छ र यो अन्तर्महादेशीय बन्छ,’ ग्लोबल टाइम्समा लेखिएको छ । 

Vianet communication
Laxmi Bank

इन्स्टिच्युट अफ मेकानिक्स, चाइनिज एकेडमी अफ सायन्सेजलाई उद्धृत गर्दै समाचारमा नयाँ हतियारले अमेरिकाको विश्व कीर्तिमानलाई २१० सेकेन्डले तोडेको लेखेको छ । 

चीनको यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन तर यसले अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षामा नयाँ जोखिम ल्याएको छ । अमेरिकाले अहिले हाइपरसोनिक आक्रमणको प्रतिकार गर्न वा त्यसलाई नष्ट गर्न नयाँ प्रविधि बनाइरहेको छ । 

चीनको नयाँ हाइपरसोनिक क्षेप्यास्त्रको दायरा फराकिलो हुनुका साथै मारक क्षमता पनि उच्च रहेको ग्लोबल टाइम्स लेख्छ ।

चीनले सन् २०१९ मा डीएफ–१७ बूस्ट–ग्लाइड क्षेप्यास्त्र औपचारिक रूपमा अनावरण गरेको थियो । अहिले चीनले सिनकोङ–२ नामक वेवराइडर हाइपरसोनिक फ्लाइट भेहिकल पनि बनाइरहेको ग्लोबल टाइम्समा लेखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x