टिप्पर दुर्घटनामा चालक र सहचालकको मृत्यु

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

प्युठानमा शनिवार टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चुनढुंगा बोकेर खप्रेङ खोलाबाट दाङको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा जाँदै गरेको ना७ख ८९३८ नम्बरको टिप्पर सरुमारानी गाउँपालिका–५ मोतीपुरमा दुर्घटनामा परेको हो ।


Advertisement

दुर्घटनामा परेर टिप्पर चालक र सहचालक दुवै जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

टिप्पर चालक नौबहिनी–६ पिपलटारीका ३० वर्षीय रोशन थापा र सहचालक करीब २७ वर्षीय जोगबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्