छोरीलाई घरमा थुनेर प्रेमीसँग ८ दिन बिताइन् यी महिलाले, भोकले तड्पिएर छोरीको मृत्यु

जापानमा एक महिलाले आफ्नी तीन वर्षीया छोरीलाई घरमा थुनेर ६०० माइल पर रहेका प्रेमीसँग आठ दिन समय बिताउँदा भोकप्यासका कारण छोरीको मृत्यु भएको छ । 
 

साकी काकेहाशी नामक २४ वर्षीया ती महिलाले छोरी नोआ कडा भोकप्यासले मर्लिन् भन्ने नसोचेको प्रहरीलाई बताइन् । 


Advertisement

पतिसँग पारपाचुके गरेकी साकीले बच्चालाई घरमा एक्लै छोड्दा खासै फरक नपर्ने जस्तो लागेको बताइन् । 
 

साकी टोक्योबाट​ क्युशु टापुमा रहेको कागोशिमा प्रिफेक्चरमा प्रेमीलाई भेट्न गएकी थिइन् । त्यो ठाउँ राजधानी टोक्योबाट दुई घन्टाको उडान समय टाढा पर्छ । 


Advertisement

उनलाई मंगलवार पक्राउ गरिएको हो । उनी घर आइपुग्दा छोरी हलचल नगरी पल्टिएकी थिइन् । 

उनले आपतकालीन सेवामा फोन गरेर नोआले सास नफेरेको बताइन् । 

बालिकाको शरीरमा न्यापी थियो जुन कैयौं दिनदेखि परिवर्तन गरिएको थिएन । उनको नितम्बमा ढाडिएर बनेको घाउ थियो । 
 

कोठाभरि फोहर थियो । 

बालिकाको शरीरको अटोप्सी गर्दा थाइमिक एट्रोफी भएको पाइयो । दुर्व्यवहारमा परेका बालबालिकामा त्यो लक्षण देखिन्छ । उनको पेट पूरै खाली थियो । 
 

नोआ कैयौं दिनदेखि बिरामी रहेको र अस्पताल लग्नका लागि आफूसँग पैसा नभएको साकीले बताएकी थिइन् । 

तर पछि उनले आफ्नो लापरवाहीका कारण छोरीको मृत्यु भएको स्वीकार गरिन् । 

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्