×

NMB BANK
NIC ASIA

बाढी र पहिरोको वितण्डा

पोखरा र लमजुङमा पहिरो, एकैघरका ३ सहित ७ जनाको मृत्यु, ९ जना घाइते

असार २६, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

.लमजुङमा पहिरोमा एकैघरका ३ जनाको मृत्यु

लमजुङ सदरमुकाम बेशीशहरमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

Muktinath Bank

बेशीशहर नगरपालिका–७, सातबिसेमा बिहीबार राति स्थानीय दीपक तामाङको घर पहिरोले पुरिँदा परिवारका ३ जनाको मृत्यु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लमजुङ प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ सहित उनकी श्रीमती अन्दाजी २६ वर्षीया वीमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ छन् ।


Advertisment
Nabil box
Kumari

घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Vianet communication
Laxmi Bank

पोखराको सराङकोट र हेम्जामा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

अविरल वर्षापछि आएको पहिरोमा परी पोखराको सराङकोट र हेम्जामा ४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते छन् ।

पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको छ भने बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी छ ।   

घरमाथिको सडक भत्किँदै आएको पहिरोले टंकबहादुरको घर बगाएको हो । पहिरोपछि स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरूलाई अस्पताल पु¥याएको छ । 

गएराति उनको घरमा बर्थ डे मनाउन छिमेकी तथा इष्‍टमित्र समेत आएकोले थप मानिस पनि पहिरोमा परेका हुन सक्ने प्रहरीको अनुमान छ । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजीकार्य जारी राखेको छ ।

त्यसैगरी, पोखरा महानगरपालिका वडा २५, हेम्जामा पनि पहिरोमा परी एक वृद्धाले ज्यान गुमाएकी छन् । गएराति साढे २ बजेतिर घर पछाडिबाट पहिरो आउँदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनायो ।

पहिरोले पोखराको छोरेपाटनमा ३ जना घाइते

पोखराको छोरेपाटनस्थित सिमलटुँडामा पहिरोमा परी ३ जना घाइते भएका छन् । 

स्थानीय चन्द्रबहादुर मगरको घरमाथिबाट खसेको पहिरोमा परी उनीसहित श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।

घाइतेहरुको उपचारार्थ पोखरा बिरौटास्थित नमस्ते अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

अविरल वर्षासँगै पोखरामासेती नदीको बहाव बढ्दा रामघाटस्थित सुकुम्वासी बस्ती डुबानमा पर्ने खतरा रहेकोले गएराति माइकिङ गरी अन्यत्र सुरक्षितस्थान सारिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x