राजश्व संकलन झण्डै सात प्रतिशतले वृद्धि

प्रतिकार्यात्मक तस्वीर।

आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा राजश्व संकलन सात प्रतिशतले वृद्धि भएको छ।

आन्तरिक राजश्व विभागका अनुसार यसवर्ष कूल ३८४ अर्ब ३१ करोड राजश्व संकलन भएको छ। गत आर्थिक वर्ष ०७५/७६ मा राजश्व संकलन कूल ३५८ अर्ब ४१ करोड भएको थियो। 


Advertisement

गत वर्षको तुलनामा आव २०७६/७७ मा राजश्व संकलन सात प्रतिशतले वृद्धि रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ।

विभागका अनुसार आयकर  २१७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ र ९८ अर्ब २२ करोड, अन्तःशुल्क ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुल्क र अन्य गरेर ४ अर्ब ४ करोड गरी कूल ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ। 


Advertisement

गत वर्ष एक लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी कूल ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको विभागले जनाएको छ। 

कोभिड-१९ का कारण करिब चार महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पारेको प्रभावका बाबजुद असल नागरिकको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रकट गरेको छ। 

कमेन्ट गर्नुहोस्