ट्राफिक महाशाखाका ३ सय ७५ प्रहरीको कोरोना परीक्षण बुधवार मात्र हुने

महानगरीय ट्राफिक प्रहरी महाशाखाका ३ सय ७५ प्रहरीको बुधवार कोरोना परीक्षण हुने भएको छ । 

शुक्रवार ट्राफिक महाशाखाको ब्यारेकमा बस्ने २ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएपछि महाशाखा सिल गरिएको थियो । 


Advertisement

कोरोनाको संक्रमणपछि महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ढकालसहित ३ सय ७५ जनालाई महाशाखा भित्रै क्वारेन्टीनमा राखिएको छ । 

क्वारेन्टीनमा रहेका सबै जनाको नाम लिष्ट पठाइसकेको र बुधवार मात्रै कोरोना परीक्षण हुने महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्