कोरोना संक्रमितको खाजा 'मटरको झोल'मा कीरा

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ ।

खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिएजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन ?’ केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए ।


Advertisement

कमसल खालको पुरानो मटर केराउ परेको र राम्रोसँग केलाउँदा केराउभित्र रहेको कीरा बाहिर निस्किएको उनको भनाइ छ । खाना स्वास्थ्य मापदण्ड अनुरूप नभएको जानकारी पाएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्