×

NMB BANK
NIC ASIA

काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कक्षा–११ को अध्ययनको प्रतिक्षामा वसेकी आस्मा पोख्रेल ज्ञानोदय माध्यामिक विद्यालय, बाफलकी छात्रा हुन् । आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो ।

Muktinath Bank

कार्यक्रममा धेरै छात्रा सहभागी थिए । सहभागी मध्येकी पोख्रेल पनि एक थिइन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गर्दैगर्दा पोख्रेलको मुहारमा खुशीको भाव नाचिरहेको प्रष्ट देखिन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड निकाली छात्रालाई हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबै छात्रा र महिलाले निकैबेर ताली बजाए र खुशी साटासाट गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सहभागी पोख्रेललाई ‘विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ भैरहदाँ कस्तो महशुस भएको छ ?’ भनी प्रश्न गर्दा उनले कक्षा–कक्षामा स्यानिटरी प्याड वितरण गर्ने सरकारको कार्यको खुलेर प्रसंशा गरिन् ।

Vianet communication
Laxmi Bank

‘रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ उनले भनिन्, ‘विद्यालयमा पुगेपछि मासिक स्राव हुँदा प्याडको अभावमा धेरै पटक विद्यालय नै छाडेर घर फर्किनु परेको तितो अनुभव छ । अब यो सकारात्मक प्रयासले त्यस्तो बाध्यताको अन्त्य हुने र छात्राहरुलाई सहज हुने अपेक्षा गरेका छौँ ।’

पोख्रेलको जस्तै अनुभव छ, सृसा रावलको पनि । ‘विद्यायमै यसरी निशुल्क प्याड वितरणको व्यवस्था हुनु सबै छात्राका लागि खुशीको कुरा हो,’ रावलले भनिन्, ‘महिनावारीकै कारण विद्यालय आउन अप्ठयारो हुने, रजस्वला हुँदा विद्यालय नै अनुपस्थित हुनुपर्ने बाध्यता थिए । अब त्यसको अन्त्य भएको छ ।’

रजस्वला हुँदा हिनताबोध महशुस गर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने उनले अपेक्षा गरिन् । ‘निशुल्क प्याड वितरणपछि सबै छात्राहरुमा नियमित विद्यालय आउने र अध्ययन गर्ने परम्पराको थानली हुनेसमेत अपेक्षा गरेका छौँ,’ उनले भनिन् ।

कार्यक्रममै सहभागी खुशी जोशीले पनि विद्यालयमा निशुल्क प्याड वितरण गर्ने कुरा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरिन् । ‘ज्ञानोदय विद्यालयमा यसरी निशुल्क स्यानिटरी प्याड वितरण गर्ने कुराले म मात्रै होइन रजस्वलाको समय भएका र रजस्वला भैरहेका सबै छात्राले खुशीको महशुस गरेका छन्,’ उनले भनिन्, ‘पहिलाको अवस्था हेर्ने हो भने रजस्वलाको समयमा शिक्षकहरुसँग खुलेर कुरा गर्न सक्ने अवस्था थिएन ।

अहिले ठाउँ–ठाउँमा मेसिनहरु राखिएको छ । अब रजस्वला भयो भन्दै हिनताबोधसहित शिक्षकसँग विदा माग्नु पर्ने अवस्थाको समेत अन्त्य भएको छ ।’ उनले यस्तो व्यवस्था दुर्गमका विद्यालयमा समेत हुनुपर्ने सुझाव दिइन् । रजस्वला भएका महिलालाई विभेद गर्नुहुन्नः मेयर शाक्य कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्नुनहुने बताए ।

‘हरेक घरमा महिला छन् । महिला नभएको घर हुँदैन । उनीहरुलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उनले उदाहरण प्रस्तुत गर्दै भने, ‘घरमा कोही रजस्वला हुँदा उनीहरु कमजोर हुन्छन् । त्यो बेलामा उनीहरुको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने सकारात्मक पाटो हो । तर, चार दिन मेरो काम गर्ने पालो, उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहार पनि हुने गरेका छन् । यसलाई परिवर्तन गर्नुको अर्को विकल्प छैन ।’

उनले पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगतीलाई छाडिरहने हो भने पुस्तौसम्म यस्तै परम्परा रहिरहने बताए । ‘यस्तो परम्पराको अन्त्य नगर्ने हो भने झन जरा गाडेर बस्छ र समाजलाई अघि बढ्न दिदैँन,’ उनले भने, ‘समाज परिवर्तन गर्ने हामी सबैको दायित्व हो । समाज परिवर्तनका लागि अठोट पनि चाहिन्छ ।’

उनले सामूदायिक विद्यालय सुधारमा ध्यान दिन समेत आग्रह गरे । विद्यालयका प्र.अ. नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताए । उनले त्यही बाहनामा छात्राहरु विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताए ।

उनले यो चेतना जगाउने कार्यक्रम भएको पनि बताए । उनले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरुलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिए ।

उनले भेन्डिङ मेसिन र डिस्पोजल मिसिन पनि खरिद गरेको जानकारी दिए । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x