×

NMB BANK
NIC ASIA

बेलारुसमा जनताले त्यागे डरत्रास, राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी

साउन २९, २०७७

NTC
Premier Steels

बेलारुसमा प्रहरीले गरेको ज्यादती नजिकैबाट देखेपछि जनता स्तब्ध भएका छन् । 
 

Muktinath Bank

विरोधकर्ताहरूसँग सडकमा भएको भिडन्तमा अनि हिरासत केन्द्रहरूमा गरिएको क्रूरताले बेलारुसीहरूलाई स्तब्ध बनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार प्रहरीले पक्राउ गरेका एक व्यक्तिको हिरासतमै निधन भएको छ । उनकी आमाका अनुसार, उनलाई प्रहरीको गाडीमा घन्टौंसम्म राखिएको थियो । 


Advertisment
Nabil box
Kumari

राजधानी मिन्स्कमा प्रहरी र प्रदर्शनकारीहरूबीच व्यापक भिडन्त भएको छ । 

Vianet communication

प्रहरीले स्टन ग्रिनेड प्रहार गरेको छ र लट्ठीले प्रदर्शनकारीहरूलाई हिर्काएको छ । मानिसहरू चिच्याएको चर्को आवाजका कारण ग्रिनेडको आवाज दबेको छ । 
 

बेलारुसमा अभूतपूर्व विरोध प्रदर्शन भइरहेको देखिन्छ । अनेकौं शहर, नगर र गाउँका मानिसहरू जागेर विपक्षी दलकी नेत्री स्वेत्लाना तिखानोभ्स्कायालाई आइतवार भएको राष्ट्रपति निर्वाचनको विजेता घोषणा गराउन माग गरेका छन् । 

लगभग सात हजारजनालाई पक्राउ गरिएको छ । विरोध नगर्नेहरू पनि पक्राउ परेका छन् । दक्षिणी बेलारुसमा रहेको गोमेलमा मारिएका अलेक्जेन्डर भिखोर विरोध प्रदर्शनमा भाग लिन गएको नभई प्रेमिकालाई भेट्न गएको उनकी आमा बताउँछिन् । 

गृह मन्त्रालय चाहिँ प्रहरीले अपनाएको सुरक्षा उपाय उपयुक्त रहेको र १०० भन्दा बढी प्रहरी घाइते भएको बताउँछ । गाडीचालकहरूले ट्राफिक प्रहरीमागि गाडी चलाउन खोजेको र प्रहरीले उनीहरूलाई रोक्न हतियार प्रयोग गरेको उसको कथन छ । 

जनताहरू राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध आक्रोशित छन् । प्रहरी तथा अधिकारीहरूसँग पनि उनीहरू रिसाएका छन् ।
 

लुकाशेन्को टीभीमा बोल्दा मानिसहरूले हेरेर हाँस्ने गरेका छन् । 

उनले अधिकांश विरोधकर्ताहरू बेरोजगार वा आपराधिक विगत भएका मानिस भनी चित्रित गरेका छन् । उनीहरूका लागि जागिर खोज्न उनले सरकारलाई निर्देशन दिएका छन् । 

प्रहरीले मानिसको घरभित्र पस्दै भेटे जति सबैलाई समात्ने गरेको छ । विरोधमा भाग नलिएका किशोरहरूलाई पनि पक्राउ गरिएको छ । यसले गर्दा मानिसहरू थप आक्रोशित बनेका छन् । 
 

बेलारुसीहरू आआफ्नो बाल्कोनीबाट चिच्याउँदै प्रहरीलाई अन्तै जान भनिरहेका छन् । प्रहरीले बाल्कोनीतर्फ रबरको गोली प्रहार गर्ने गरेको छ । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x