अमेरिकी जलसेनाले खिचेको रहस्यमयी उडनतश्तरी

सन् २०१७ मा अमेरिकी जलसेनाले खिचेको रहस्यमयी उडनतश्तरी (यूएफओ) का तीनवटा भिडियो लीक गरिएको थियो । 

भिडियोहरूमा कथित यूएफओ सन् २००४ मा क्यालिफोर्नियामा देखिएको बताइएको छ । उक्त विषयले व्यापक रूपमा मिडिया कभरेज पाएको थियो र अनुसन्धान पनि थालिएको थियो । सन् २०२० मा पेन्टागनले त्यसलाई सार्वजनिक गरेको छ । 


Advertisement

अमेरिकी जलसेनाका सेवानिवृत्त कमान्डर डेभिड फ्रेभरले सन् २००४ मा उक्त यूएफओ प्रत्यक्ष देखेका थिए । उनले यूट्युबर तथा एमआईटीका अनुसन्धाता लेक्स फ्रिडम्यानसँग त्यसका विषयमा कुरा गरेका छन् । 
 

यूएफओ आउनु युद्धजन्य कार्य भएको उनले बताए अनि उक्त वस्तु प्रविधिको क्षेत्रमा ठूलो फड्को भएको भनाइ राखे । यसको बारेमा छिट्टै खुलासा गरिने उनको कथन छ । 
 


Advertisement

फ्रेभरले अमेरिकी जलसेनामा स्क्वाड्रन लीडरका रूपमा १८ वर्ष काम गरेका थिए । नियमित प्रशिक्षण मिसनका क्रममा अन्य चार निगरानीकर्तासँग रहँदा यूएफओ देखेको उनले बताए । मिसनका क्रममा रहस्यमयी वस्तुले क्यालिफोर्नियामाथि अनौठो क्रियाकलाप देखाएको उनले बताए ।

उक्त वस्तु ८० हजार फीटको उचाइमा अचानक देखापरेको र समुद्रतिर हुर्रिएको, त्यसपछि अचानक रोकिएको र २० हजार फीटतिर घुमेको उनले बताए । त्यसपछि त्यो सीधै माथि वायुमण्डलतिर गएको र पृथ्वीबाट बाहिर गएको जानकारी उनले दिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्