पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
असोज ५, २०७७
कोरोना संक्रमित व्यक्तिले ‘होम आइसोलेसन’ रोजेर घरमै बस्न थालेपछि प्रदेश सरकारले सञ्चालन गरेका सरकारी आइसोलेसन रित्तिएका छन् ।
प्रत्येक दिन नयाँ कोरोना संक्रमित फेला पर्ने गरेको भए पनि संक्रमितहरू सरकारी आइसोलेसनमा जानुभन्दा ‘घरमा नै ठीक हुन्छ’ भनेर होम आइसोलेसनमा बस्न थालेका छन् ।
धनुषाको गंगुलीमा सञ्चालन गरिएको आइसोलेसनमा रहेका सबै संक्रमित डिस्चार्ज भएपछि भदौ १८ गतेदेखि नै आइसोलेसन खाली छ । असार १९ गतेदेखि सञ्चालित आइसोलेसनमा भदौ १८ गतेसम्म २३९ जना संक्रमित भर्ना भएर डिस्चार्ज भएका आइसोलेसन संयोजक सन्तोष ठाकुरले बताए । धनुषाकै लक्ष्मीनिया गाउँपालिकाको सपहीमा सञ्चालन गरिएको आइसोलेसन पनि असोज २ गतेदेखि खाली भएको छ । जेठ १७ गतेदेखि सञ्चालन भएको आइसोलेसनमा हालसम्म कूल ७१७ जना संक्रमित भर्ना भएका थिए ।
प्रदेश सरकारले सञ्चालन गरेका दुवै आइसोलेसनमा लक्षण नदेखिएका कोरोना संक्रमितलाई भर्ना गरिन्थ्यो । ‘अहिले कोरोना संक्रमित भए पनि लक्षण नदेखिने बिरामीहरू आफ्नै घरमा होम आइसोलेसन भएर बस्न थालेका कारण नयाँ संक्रमित नआएकाले दुवै आइसोलेसन खाली छन्,’ संयोजक ठाकुरले भने, ‘तर कुनै पनि बेला एकै पटक ठूलो संख्यामा संक्रमण देखा पर्यो भने कहाँ राख्ने भनेर समस्या हुने भएकाले आइसोलेसनलाई संञ्चालनको अवस्थामा नै राखिएको छ ।’
पछिल्लो समय सुरक्षाकर्मी, धनुषामा कार्यरत बाहिरी जिल्ला घर भएका कर्मचारी, धनुषामा नै घर भए पनि घरमा छुट्टै शौचालय तथा कोठा नभएका संक्रमितहरू मात्र सरकारी आइसोलेसनमा बस्ने गरेका थिए । प्रदेश सरकारले सञ्चालन गरेको आइसोलेसनमा सुविधा बढी नभएको, सरसफाइसहित खानेकुराको समेत राम्रो बन्दोबस्त नगरिएको भनेर बिरामीले गुनासो गर्न थालेपछि अन्य संक्रमित सरकारी आइसोलेसनमा जाने गरेका छैनन् ।
सरकारी आइसोलेसनमा प्रादेशिक अस्पताल जनकपुरको चिकित्सकीय व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खानादेखि भौतिक पूर्वाधारसहित व्यवस्थापनको खर्च गर्दै आएको छ । दुवै आइसोलेसनमा नेपाली सेनाले सुरक्षासहित खाद्यान्नको जिम्मेवारी लिएको छ ।
सरकारी आइसोलेसनमा बसेका संक्रमितले आइसोलेसनलाई उपचार केन्द्रभन्दा पनि जेल जस्तो बनाइएको, उपचार गर्न चिकित्सक वा स्वास्थ्यकर्मी कहिल्यै नआएको भनेर खुलासा गरेका थिए । गंगुलीस्थित आइसोलेसनमा रहेका संक्रमितको तापक्रम मापन गर्न स्वास्थ्यकर्मी नजाने गरेको तथा सफाइकर्मी (स्वीपर) लाई पठाउने गरेको भिडियो नै एक जना संक्रमितले सामाजिक सञ्जालमा राखेका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले हालसम्म १४४ जना होम आइसोलेसनमा बसेका बताए । ‘हामीसँग स्वीकृति लिएर नै निजी चिकित्सकको परामर्शमा संक्रमित भएका व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्ने गर्नुभएको छ,’ सीडीओ भट्टराईले भने, ‘होम आइसोलेसमा बस्नेहरूले पनि १४ दिनपछि २ पटक पीसीआर परीक्षण गराएर नेगेटिभ आएपछि मात्र होम आइसोलेसनबाट डिस्चार्ज हुने गरेका छन् ।’
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म धनुषामा कूल १ हजार ८७६ जना कोरोना संक्रमित भएकोमा १ हजार ५ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ । २ नम्बर प्रदेशमा हालसम्म कूल १२० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमध्ये सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सर्लाहीमा ५ जना, रौतहटमा ६ जना, बारामा १८ जना र पर्सामा ४२ जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म कूल १२ हजार ४९६ जना कोरोना संक्रमित भएकोमा ७ हजार १० जना डिस्चार्ज भइसकेका छन् भने हाल पनि ५ हजार ७८२ सक्रिय संक्रमित रहेका छन् ।
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...