सम्झना हत्या प्रकरण : अभियुक्तका बाबुले भने- मिल्ने रहेछ भने छोरालाई फाँसी दिइयोस्

सम्झना कामीका हत्या आरोपीलाई बझाङ प्रहरीले  सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो ।
यही  असोज ७ गते  मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो ।

अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी  परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Advertisement

आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने  बताए ।
यता जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा  प्रहरी नायब उपरीक्षक रुपक खड्काले  बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे ।
अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन्  ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्