१६ असार २०८३, मंगलबार

नेपाललाई आर्थिक सहायता दिने शीर्ष पाँच देशमा भारत पनि

कात्तिक २०, २०७४
नेपाललाई आर्थिक सहायता दिने शीर्ष पाँच देशमा भारत पनि

काठमाडौं, २७ वैशाख — नेपाललाई आर्थिक सहायता गर्ने देशहरूमा चीनलाई पछि पार्दै भारत शीर्ष पाँच स्थानमा उक्लिएको भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ ।


अघिल्लो वर्ष नेपाललाई आधिकारिक विकास सहायता दिने देशको सूचीमा चौथो स्थानमा चीन थियो र भारत शीर्ष पाँचको सूचीमा थिएन ।

नेपालको अफिसियल डिभेलपमेन्ट असिस्टेन्स (ओडीए) रिपोर्टमा नेपाललाई आर्थिक मद्दत गर्ने देशमा अमेरिका, बेलायत, जापान, स्विट्जरल्यान्डपछि भारत पाँचौं स्थानमा छ । आर्थिक वर्ष २०१४/१५ मा पहिलोचोटि आर्थिक मद्दत दिने शीर्ष पाँच देशमा भारतको नाम थिएन ।

ताजा रिपोर्ट अनुसार भारतले १६ जुलाई २०१५ देखि जुलाई २०१६ का बीचमा नेपाललाई तीन करोड ५० लाख डलरको आर्थिक सहायता दिएको थियो । नेपालको कुल आर्थिक मद्दतमा भारतको हिस्सा तीन दशमलब ३३ प्रतिशत थियो भने चीनको तीन दशमलब २९ प्रतिशत थियो ।

तर यति हुँदाहुँदै पनि चीनले नेपालमा आफ्नो शक्तिशाली उपस्थिति जनाइरहेको छ । आर्थिक वर्ष २०१६/१७ को पहिलो ६ महिनामा एफडीआईमा ६८ प्रतिशत साझेदारी चीनको छ । नेपालले आधिकारिक रूपमा चीनको परियोजना 'वान बेल्ट, वान रोड'को हिस्सा बन्न स्वीकार गरेको छ ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्