५ हजार पीसीआर परीक्षणमा १७ सय ४१ कोरोना संक्रमित : एकैदिनमा १५ को मृत्यु, ४ हजार डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १७ सय ४१ कोरोना संक्रमित थपिएको जनाएको छ ।

दशैंको दिन साढे ६ बजे तथ्यांक सार्वजनिक गर्दै मन्त्रालयले ५ हजार ६ पीसीआर परीक्षणमा १७ सय ४१ जनामा संक्रमित भेटिएको जनाएको हो ।


Advertisement

यससँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिएको छ ।


Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १५ रहेको छ । हालसम्म ८ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँ जिल्लामा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्