×

NMB BANK
NIC ASIA

अमेरिकामा काला जातिका मानिसमाथि प्रहरीको ज्यादती

कात्तिक १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको फिलाडेल्फियामा मंगलवार राति सयौं मानिसले प्रदर्शन गरेका छन् । 

Muktinath Bank

प्रहरीले काला जातिका एक पुरुषलाई गोली हानेर हत्या गरेको विरोधमा प्रदर्शन भइरहेको हो । दोस्रो दिनको प्रदर्शनमा लुटपाट र हिंसा समेत भएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यास्टर र आरामिंगो क्षेत्रमा लगभग एक हजारजना मानिसको भीडले पसलहरूमा लुटपाट गरेको प्रहरी विभागले चेतावनी दिएको छ । मानिसहरूलाई उक्त क्षेत्रतिर नजान भनिएको छ । 


Advertisment
Nabil box
Kumari

पश्चिमी फिलाडेल्फियामा एक हजारजना जतिको अर्को भीड लट्ठी बोकेका प्रहरीहरूसँग हिंस्रक रूपमा भिडेका थिए । 
 

Vianet communication
Laxmi Bank

पेन्सिल्भेनियाका गभर्नर टम वुल्फले शहरमा सयौं नेसनल गार्डका सुरक्षाकर्मीहरू तैनाथ गरिएको घोषणा गरे । 

वाल्टर वालेस नामक २७ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मारेपछि हिंसा भड्किएको हो । वालेसलाई मानसिक समस्या रहेको उनको परिवारका मानिसले बताए । 

प्रहरीले ती युवकलाई किन गोली हानेको हो भन्ने विषयमा अस्पष्टता रहेको एज्रा अलीदाउ नामक कलाकारले बताए । 

‘अमेरिकाभरि यस्तो भइरहेको छ । डरलाग्दो छ,’ उनले भने । ‘यी प्रहरीहरूलाई कम तालिम दिइएको छ ।’

गत मे महिनामा जर्ज फ्लोयड नामक काला जातिका पुरुषलाई प्रहरीले घाँटी थिचेर हत्या गरेपछि देशभरि विरोध र दंगा फैलिएको थियो । 
 

विरोधकर्ताहरूले प्रहरीमाथि रंगभेद र ज्यादतीको आरोप लगाएका छन् । 

यो विषय राष्ट्रपति चुनावको पनि मुद्दा बनेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिद्वन्द्वी जो बाइडनको तुलनामा कानून व्यवस्था कायम गर्ने प्रतिबद्धता जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x