कोरोना भ्याक्सिन बनाएको रुसमा लगातार बढ्दै कोरोना संक्रमित

 रुसी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ७१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । 

रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए । 


Advertisement

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ । रुसले कारोना भाइरसविरुद्धको खोप निर्माण गरेको बताउँदै आएको छ । सो खाेप सर्वसाधारणमा लगाउन थालिएको बताइएपनि संक्रमित भने थपिने क्रम जारी छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्