ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिए ।
लोकान्तर संवाददाता