
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले साझा र विवेकशील पार्टी बीच एकीकरण हुने घोषणा गरेका छन् । उनले एकीकरणपछि बनेको विवेकशील साझा पार्टी देशको वास्तविक रुपान्तरणको संवाहक हुने दावी समेत गरेका छन् ।
बुधवार अपराह्न पार्टी एकीकरण गर्ने घोषणा गर्दै मंगलवार उनले विगतका कमजोरीप्रति क्षमा याचना समेत गरेका छन् । एकीकरण कार्यक्रम अपराह्न साढे तीन बजे हुने छ ।
उनले भनेका छन्, 'हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथले 'विवेकशील साझा पार्टी'लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ।'
उनले पार्टी अस्तित्वमा रहन नभई नेतृत्वमा पुगेर देशमा सुशासन, सम्बृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी भएको बताएका छन् । उनले भनेका छन्' हामी केवल 'अस्तित्व'मा रहन होइन, 'नेतृत्व'मा पुगेर यो देशमा सुशासन, सम्बृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौँ। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौँ।'
उनले एकताका लागि प्रेरित गर्ने सबैलाई धन्यवाद दिँदै एकता कार्यक्रम फेसबूकमार्फत लाइभ प्रसारण गरिने जानकारी दिएका छन् ।
हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथले 'विवेकशील साझा पार्टी'लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ। एकताका लागि प्रेरित गर्ने सबैप्रति आभारी छौँ। कार्यक्रम दुवै पार्टी, मेरो र कयौँ नेताको फेसबुकबाट लाइभ प्रसारण हुनेछ। pic.twitter.com/rkB0APhB09
— Rabindra Mishra (@RabindraMishra) December 8, 2020