×

NMB BANK
NIC ASIA

ओलीले नेपाललाई अफगानिस्तान जस्तो बनाउन खोजे – रामचन्द्र पौडेल

पुस १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,’ उनले भने ।

Muktinath Bank

४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीवार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले संसद भंग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप लगाए । उनले जनताको थलो भंग गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाई अफगानिस्तानजस्तो बनाउन लागेको पनि बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसद पुनस्र्थापना नै अहिलेको समस्या समाधान हो,’ उनले भने, ‘निर्वाचनमा गए कांग्रेसलाई फाइदा होला तर ७० वर्ष लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ । यसले हामीलाई शान्ति दिँदैन, त्यसैले प्रतिनिधिसभा पुनःस्थापना अहिलेको आवश्यकता हो ।’


Advertisment
Nabil box
Kumari

नेता पौडेलले संविधानको संरक्षण गरेमात्रै लोकतन्त्र बलियो हुने भएकाले संसद पुनस्र्थापना गर्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

कांग्रेस केन्द्रीय समितिमा आफूले संसद पुन:स्थापनाबारे सर्वोच्चमा विचाराधीन रहेको मुद्दाका बारेमा यदि सर्वोच्चले संसद पुन:स्थापना नहुने र ओली सरकारले पनि निर्वाचन नगरे के हुन्छ ? भनी राखेको जिज्ञासामा कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीले चुनाव नगराए नेपालमा बस्न सक्छन् ? भनी प्रतिप्रश्न गरेको जानकारी दिए ।

कांग्रेस निर्वाचनबाट डराएको होइन, विधि र र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र ओली सरकारसँग पनि लड्ने नेता पौडेलले बताए ।

जनताले वामगठबन्धनलाई ५ वर्षसम्म सरकार चलाउन भनी म्यान्डेट दिएका हुन् तर पार्टीभित्रको विवाद मिलाउन नसकेर गैरकानुनी तवरले संसद भंग गरेर जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाइने बताए ।

पूर्व सभामुख एवं कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले ओली शैलीको कारण नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गरे । संसद पुन:स्थापना नै अहिलेको उपयुक्त विकल्प हुने उनको ठहर छ ।

कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री एवं आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्व मन्त्री यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, सांसद बिन्दुकुमार थापा, जिल्ला सभापति कृष्ण केसी, उपसभापति आईबहादुर गुरुङ लगायतले बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x