३० असार २०८३, मंगलबार

बृहतमा लैजाँदा बढी संवैधानिक र यो इजलासमा हुँदा कम संवैधानिक भन्ने हुँदैन– विजयकान्त मैनाली

बृहतमा लैजाँदा बढी संवैधानिक र यो इजलासमा हुँदा कम संवैधानिक भन्ने हुँदैन– विजयकान्त मैनाली

एमिकस क्युरीका रूपमा झिकाइएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले रिटहरूको सुनुवाइ बृहत पूर्ण इजलासमा गर्दैमा बढी संवैधानिक नहुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूको सुनुवाइका क्रममा संवैधानिक इजलाससामु सुझाव पेश गर्दै मैनालीले भने यस्तो बताएका हुन् ।

'बृहतमा जाँदैमा बढी संवैधानिक र संवैधानिक इजलासमा हुँदै कम संवैधानिक भन्न मिल्दैन,' मैनालीले भने ।

सर्वोच्चले सर्वोच्च अदालत बारबाट २ र नेपाल बार एसोसिएसनबाट ३ गरी ५ सदस्यीय एमिकस क्युरी बोलाएको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूको सुनुवाइ संवैधानिक इजलासमै गर्ने कि बृहत पूर्ण इजलासमा पठाउने भन्नेमा बहस सकिएपछि एमिकस क्युरीको राय सुनिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्