
नेकपाको प्रचण्ड-नेपाल पक्षनिकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा मशाल जुलुस निकालेको छ ।
बुधवार साँझ करीब ६ बजे सहसंयोजक रंजित तामाङको नेतृत्वमा मशाल जुलुश निकालिएको हो ।
काठमाडौँको बागबजारबाट निकालिएको जुलुश पद्मकन्या क्याम्पस हुँदै पुनः बागबजार आएपछि कोणसभामा परिणत भएको थियो ।
प्रतिनिधि सभा विघटनका विरुद्ध प्रचण्ड-नेपाल पक्षले बिहीवार आमहड्ताल कार्यक्रम आयोजना गरेको छ ।
भोलिको आमहड्तालको पूर्वसन्ध्यामा मशाल जुलुश आयोजना गरिएको अनेरास्ववियुका सहसंयोजक तामाङले बताए ।