२२ असार २०८३, सोमबार

म्यान्मार : आङ सान सू चीविरुद्ध फेरि अर्को मुद्दा लगायो सेनाले

फागुन १७, २०७७
म्यान्मार : आङ सान सू चीविरुद्ध फेरि अर्को मुद्दा लगायो सेनाले

एक महिनाअघि सेनाले कू गरेपछि सार्वजनिक स्थानमा नदेखिएकी आङ सान सू ची भिडियोमार्फत अदालती सुनुवाइमा उपस्थित भएको एक वकिलले बताएका छन् । 

अधिवक्ता मिन मिन सोका अनुसार, अपदस्थ स्टेट काउन्सेलर सू चीले आफ्नो कानूनी टोलीलाई भिडियो लिंकमार्फत सुन्न अनुरोध गरेकी थिइन् । उनलाई त्रास फैलाउने सूचना प्रकाशित गरेको भनी थप अर्को आरोप लगाइएको छ । 
यसअघि स्थानीय सञ्चारमाध्यमहरूले सू चीलाई अज्ञात स्थलतर्फ सारिएको खबर दिएका थिए । 
 

म्यान्मारमा कूविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले प्रहरी र सेनाका समर्थकहरूसँग भिडन्त गर्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्